
लन्डन । क्रोयडन नेपलिज कम्युनिटीले १२ अप्रिल शुक्रबार सांझ नेपाली नयां वर्ष २०७६ उल्लासमय वातावरणमा मनाएको छ । क्रोयडन र त्यस वरपर बस्ने नेपाली करिब एकसय ५० जनाको उपस्थितिमा कार्यक्रम भएको हो ।
कम्युनिटी अध्यक्ष नवीनकुमार कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा आमन्त्रित प्रमुख अतिथी क्रोयडन काउन्सिलर स्टुवार्ट कोलिन्सले काउन्सिलका तर्फबाट क्रोयडनवासी नेपालीलाई नयां वर्षको शुभकामना दिंदै आगामी दिनमा नेपाली समुदायलाई सक्दो सहयोग गर्ने वचन दिए ।
संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटाले पनि नेपाली नयां वर्ष २०७६ को शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालन गर्दै कम्युनिटीकी उपाध्यक्ष रिमा कंडेल र अन्जना खतिवडाले पनि शुभकामना व्यक्त गरे । कम्युनिटीका सदस्य डा. सुरजमणि पौडेलले स्वागत मन्तव्य दिएका थिए भने अर्की सदस्य सुनिता श्रेष्ठले क्रोयडन नेपलिज कम्युनिटीको उद्देश्य र यसका गतिविधिबारे प्रकाश पारिन् ।
उक्त कार्यक्रममा प्रमुख आकर्षण बने नेपालबाट आएका हांस्यकलाकार दमन रुपाखेती र शंकर रिजाल (जोगेन्द्र पानवाला) । उनीहरुको प्रहसनले दर्शक नहांसी रहनै सकेनन् । स्थानीय कलाकार र स-साना बालबालिकाले पनि विभिन्न कला प्रस्तुत गरेर माहोल रोमाञ्चक बनाए ।
क्रोयडन नेपलिज कम्युनिटी मनोरञ्जनमा मात्र सिमित नरहेर परदेशमा नेपाली कला संस्कृति जोगाउंदै आफ्ना सदस्यहरुलाई परेको दुःख अनि अप्ठेरोमा सहयोग र स्थानीय निकायहरुसंग सहकार्य पनि गर्दै आएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने