लण्डन । चितवन परिवार युकेले बार्षिक भेटघाट तथा नेपाली नयाँ वर्ष २०७६ शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गत ६ अप्रिल शनिबार मिचेटस्थित तमु नेपलिज कम्युनिटी सेन्टरमा कार्यक्रम भएको हो ।
चितवन परिवार युकेका अध्यक्ष बलबहादुर लामाको सभापतित्वमा संस्थाका महासचिब निसा शर्माले संचालन गरेको कार्यक्रममा संयुक्त अधिराज्य बेलायतको बिभिन्न स्थानमा रहेका चितवनेहरुको उपस्थिति थियो ।
कार्यक्रममा सचिब धनबहादुर सार्कीले ‘हेल्थ एण्ड सेफ्टि’ बारे जानकारी दिएका थिए भने अध्यक्ष लामाले स्वागत र उपाध्यक्ष मित्रबहादुर गुरुङले धन्यबाद मन्तब्य राखेका थिए ।
विशेष अतिथिको रुपमा चितवन सहयोग संस्था (क्याट युके) का उपाध्यक्ष यादव श्रेष्ठ, पूर्ब अध्यक्ष लोक गुरुङ र गोर्खाका एक बौद्धिक ब्यक्तित्व डा. मित्र परियार उपस्थित थिए ।
उक्त कार्यक्रममा सल्लाहकार शिबशरण गुरुङले उपस्थित सबैलाई नव वर्ष २०७६ को शुभकामना दिए । कार्यक्रममा दक्षिण पूर्वी क्षेत्रिय तमुधिं लण्डनका उपाध्यक्ष सुमन गुरुङ र मेडस्टोन आमा समूहकी अध्यक्ष श्रीमती सकुन गुरुङको पनि उपस्थिति थियो ।
कार्यक्रमको पहिलो चरणमा सबै आजिवन सदस्यहरुलाई खादा लगाई सम्मान गर्दै चितवन परिवार युकेको लोगो अंकित आजिवन सदस्यता ब्याज बितरण गरिएको थियो । ब्याज बितरणमा परिवारका सबैभन्दा जेष्ठ नागरिक तथा सदस्य जुमबहादुर गरुङ, सल्लाहकार शिबशरण गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार डम्बरबहादुर गुरुङ, पूर्ब अध्यक्ष तथा सल्लाहकार धान लामा र निबर्तमान अध्यक्ष काजी गुरुङ सहभागी थिए ।
विशेष अतिथि चितवन सहयोग संस्था (क्याट युके) का उपाध्यक्ष यादव श्रेष्ठ, पूर्व अध्यक्ष लोक गुरुङ र बौद्धिक ब्यक्तित्व डा. मित्र परियारलाई परिवारका अध्यक्ष बलबहादुर लामाले खादा लगाई स्वागत तथा सम्मान गरे ।
यसैगरी संस्थाका नयां सदस्यहरु, गत शैक्षिक सत्रमा सफलतापूर्वक उच्च शिक्षा हाँसिल गरेका बिद्यार्थी, बिभिन्न क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त ब्यक्तित्वहरु, चन्दादाता, ‘राफल ड्र’ पुरस्कारका प्रायोजक र कार्यक्रममा निशुल्क पेय पदार्थ उपलब्ध गराउने प्रायोजकहरुलाई पनि अध्यक्ष लामाले खादा लगाएर सम्मान गर्दै बधाई तथा धन्यबाद ब्यक्त गरेका थिए ।
विगत देखि वर्तमानसम्म चितवन परिवार युकेको हरेक कार्यक्रम र संस्था संचालनको विविध पक्षमा अनवरतरुपमा उल्लेखनिय योगदान पुराएका चार ब्यक्तित्वहरु संस्थापक अध्यक्ष डम्बरबहादुर गुरुङ, पूर्ब अध्यक्ष धन लामा, कोषाध्यक्ष भक्त क्षेत्री र सह कोषाध्यक्ष श्रीमती निमा क्षेत्रीलाई उनीहरुको योगदानको उच्च कदर गर्दै संस्थाको तर्फबाट जेष्ठ सदस्य जुमबहादुर गुरुङ र अध्यक्ष लामाले खादा लगाई बिषेस सम्मान गरे ।
बिगत बर्षहरु भन्दा यस बर्ष अत्याधिक उपस्थिति रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा चर्चित गायिका कल्पना श्रीपालले बिभिन्न सुमधुर गीत गाएर र संगीता गैरेले उत्कृष्ट नृत्य प्रस्तुत गरेर सबैलाई भरपुर मनोरन्जन गराएका थिए ।
यसैगरि स्थानीय गायकहरु पूर्ण गुरुङ र लक्ष्मण गुरुङले पनि गीत गाए । मनोरन्जन तथा संस्कृतिक कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष मित्रबहादुर गुरुङले रोचकसंग गरेका थिए ।
मनोरन्जनकै निम्ति ‘राफल ड्र’ पनि गरिएको थियो । राफल ड्रमा थुप्रै आकर्षक पुरस्कारसंगै प्रथम पुरस्कार सुनको बेरुव औंठी र द्वितिय पुरस्कारमा सुनको असर्फि औंठी थियो । राफल ड्र संयोजन तथा संचालन उपाध्यक्ष मित्र गुरुङले गरेका थिए । मित्र गुरुङलाई इन्टरटेनमेन्ट संयोजक राजु गुरुङ र सह इन्टरटेनमेन्ट संयोजक लक्ष्मण गुरुङले सघाएका थिए ।
राफल ड्रको प्रथम पुरस्कार रस्मी गुरुङ र द्वितिय पुरस्कार मन्जु गरुङले जिते । राफल ड्र साथसाथै लक्ष्मण गुरुङ, राजेश गुरुङ र धन लामाको संयोजनमा बिङ्गो (तम्बोला) पनि खेलाइएको थियो ।
कार्यक्रममा खाद्य संयोजक गंगु लामाको संयोजनमा हिकमत राईको टिमले खाद्य ब्यबस्थापन गरेको थियो । यसैगरि निशुल्क पेय पदार्थ ब्यबस्थापन ड्रिङ्कस संयोजक हिमाली गुरुङ, प्रवेश शुल्क र अन्य आर्थिक कारोबारको ब्यबस्थापन कोषाध्यक्ष भक्त क्षेत्री र साउन्ड सिस्टम ब्यबस्थापन पूर्व अध्यक्ष धन लामाले गरेका थिए ।
दिउसो १ बजे आरम्भ भएको कार्यक्रम राती १० बजे डिजेसंग रोमान्टिक नृत्य गर्दै सकिएको थियो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप