
लन्डन । बेलायतस्थित नेपाली सेफहरु यतिखेर नयां नेतृत्व चयन गर्ने चटारोमा छन् । यही सोमबार ८ अप्रिल सांझ नेपलिज सेफ एसोसिएसन यूकेको दोश्रो कार्यकालका लागि नेतृत्व परिवर्तन हुंदैछ । एसोसिएसन अध्यक्ष समाजसेवी कृष्ण तिमल्सेनाका अनुसार सर्वसम्मत नयां कार्यसमिति बनाउन पूर्ण सहमति बनेको छ । दधि आचार्यको नेतृत्वमा लगभग तयार भइसकेको ‘लिष्ट’ सोमबार घोषणा सभामा सार्वजनिक गरिनेछ ।
कार्यक्रममा प्रमुख अतिथी हुनेछन् राजदूत डा. दुर्गाबहादुर सुवेदी । लन्डनबाहेक मिडल्याण्ड, वेल्स, स्कटल्याण्ड समेतबाट सेफहरु कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।
नयां कार्यसमिति गठनका लागि रामशरण सिम्खडा संयोजक रहेको निर्वाचन समिति बनाइएको छ जसमा फडिन्द्र भट्टराई र विजन भट्ट सदस्य छन् । उक्त समितिले अधिवेशनको सम्पूर्ण तयारी भएको जनाएको छ । एसोसिएसनमा करिब ७ सय सदस्य रहेका बताइन्छ ।
करी व्यवसाय र नेपाली खाना प्रवर्धनमा महत्वपूर्ण योगदान दिएका नेपाली सेफहरु आफ्नो व्यवसाय अलवा समाजसेवा एवं कल्याणकारी काममा समेत अग्रसर छन् । सन् २०१२ मा समाजसेवी एवं एनआरएन अभियन्ता कृष्ण तिमल्सेनाको संयोजकत्वमा तदर्थ समिति बनेपछि तीन वर्षमा पहिलो अधिवेशन भएको थियो ।
एनआरएन केन्द्रसम्म राम्रो पहुंच बनाएका तिमल्सेनाले एसोसिएसनको बागडोर सम्हालेयता यसले आपतविपतमा आर्थिक सहयोग र नयां सेफहरुलाई तालिम तथा यस व्यवसायका व्यवधानसंग जुध्न विभिन्न पहल गरेको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे