लन्डन । विश्वमा सोसियल मिडिया (फेसबुक ट्वीटर, इन्सटाग्राम, वाट्सएप आदि) को प्रयोग बढ्दो छ । एक तथ्यांक अनुसार सन् २०१९ भित्र यसका प्रयोगकर्ता विश्वभर करिब २ दशमलव ७७ बिलियन पुग्ने अनुमान छ । सन् २०१७ मा यो संख्या २.४६ बिलियन थियो ।
बढ्दो लोकप्रियतासंगै यसका नकारात्मक पक्षले चिन्ता समेत थपेको छ । विश्व जनसंख्याको झण्डै ४५ प्रतिशत जनसंख्या सोसियल मिडियाको लतमा फंसिरहंदा बेलायत पनि यसबाट अछुतो रहेन ।
बेलायतमा सोसियल मिडिया प्रयोगकर्ता करिब ४५ मिलियन छन् जुन कुल जनसंख्याको ६७ प्रतिशत हुन आउंछ । बेलायतीहरु दिनमा सरदर २८ पटक तिनका मोबाइल फोन हेर्छन् जसले मानसिक स्वास्थ्यमा असर परिरहेको औंल्याइएको छ । सोसियल मिडिया प्लेटफर्मका सकारात्मक पक्षसंगै यसको बढ्दो प्रयोगले कालान्तरमा मानिसलाई बेखुशी र अलग गराउने विज्ञहरुको राय छ ।
सोसियल मिडियाले थाहै नपाइ मानिसको मानसिक स्वास्थ्यमा असर गरिरहेको विज्ञहरुको धारणा छ । मानसिक स्वास्थ्य अलवा आत्मसम्मान, सुताइ, स्मरण शक्ति, एकाग्र हुन यसले नकारात्मक प्रभाव पारिरहेको हो ।
बेलायती मल्टी नेशनल इन्सुरेन्स कम्पनी ‘अभिभा’ ले दुई हजार जनामा गरेको एक सर्वेक्षणमा बेलायतका आधा भन्दा बढि वयस्कले प्रत्येक रात करिब ६ घण्टामात्र सुत्न सक्ने बताएका छन् । यसमध्ये १८ प्रतिशतले सिरानी छेउ स्मार्टफोन राख्दा त्यसले निन्द्रा ब्युंझाइरहने जनाएका छन् । पुरुष भन्दा २२ प्रतिशत बढि महिलाले सिरानी छेउ स्मार्टफोन राखेर सुत्ने गरेको अध्ययनमा पाइएको छ ।
५ मा एकजना बेलायतीले अपुग निन्द्रामा स्मार्टफोनलाई दोष दिएका छन् किनभने सोसियल मिडिया चलाउने लतले फोन ‘अफ’ गरेर सुत्न कठिन बनाइदिएको छ । विज्ञहरुले ८ घण्टाभन्दा कम सुत्ने मानिसलाई क्यान्सर, मधुमेह वा डिप्रेसनको जोखिम हुने औंल्याएका छन् ।
बेलायतको युनिभर्सिटी अफ सरेका प्राध्यापक साइमन आर्चर ‘इलेक्ट्रोनिक डिभाइस’ बाट निस्कने निलो प्रकाशले निन्द्रा जगाउने हार्मोनलाई बिथोल्छ जसले गर्दा मानिसहरु निदाउन संघर्ष गर्छन् ।
दि रोयल कलेज अफ साइक्याट्रिष्टले बालबालिकालाई खाना खाने समय सोसियल मिडिया र सुत्न जानु भन्दा एक घण्टा अगाडिबाट प्रविधि प्रयोग रोक्न सुझाएको छ ।
उक्त निकायका भनाइमा मानिसको मुड, बानी व्यहोरा, खानपान र सुताइमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव बढि छ ।
बेलायत सरकारले सोसियल मिडिया कम्पनीहरु जस्तै इन्सटाग्राम, ट्वीटर र फेसबुकलाई छिट्टै नियमन गर्ने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ । गत महिनामात्र ब्रिटिश संसदको विज्ञान तथा प्रविधि समितिले एक प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक सन्जाल सन्चालन गर्ने कम्पनीहरुले प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षामाथि ध्यान पुराउन कानुन बनाउन आवश्यक रहेको औंल्याएका थिए ।
सांसदहरुले सामाजिक सन्जाल सञ्चालन गर्ने कम्पनीहरुमाथि अनुगमन गर्न एउटा नयां नियामक निकाय बनाउन तथा आचारसंहिता पालना नगर्ने कम्पनीहरुविरुद्ध जरिवाना गर्ने अधिकार दिन पनि सिफारिस गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने