लन्डन । भारतीय सर्कसका लागि बेचिएका दुई नेपाली चेलीको कथा लन्डनमा प्रदर्शन हुने भएको छ । सत्यकथामा आधारित चलचित्र ‘इभन ह्वेन आइ फल’ चलचित्र आज शनिबार 30 मार्च सांझ रिजेन्ट स्ट्रिट सिनेमामा देखाउन लागिएको हो । उक्त चलचित्र हेर्न अग्रिम बुकिंग गरे ४० प्रतिशतसम्म डिस्काउन्ट दिइने आयोजकले जनाएका छन् । संकलित रकम इन्टीग्रिटी इन्टरनेशनल ट्रष्टलाई दिइनेछ ।
२७ मार्चदेखि ७ अप्रिलसम्म लन्डनमा जारी ‘यूके एसियन फिल्म फेस्टिबल’ मा पनि उक्त फिल्म समावेश छ ।
प्रेरणादायी उक्त चलचित्र शितल र सरस्वतीको सत्यकथामा आधारित छ । टिनएजरमा काठमाडौंमा भेटिएका ति दुई चेलीलाई गिरोहले भारत पुरयाउंछ । पछि उनीहरु कसरी सीमापारिबाट नेपाल आइपुग्छन् देखि उनीहरुको आफ्नै बाबु आमासंगको विद्रोह र आफ्नो नयां भविष्यका लागि गरिरहेको संघर्ष चलचित्रमा छ । ‘सर्कस काठमाडौं’ मा कार्यरत अन्य ११ सर्कस आर्टिष्टहरुको वेदना र संघर्ष पनि यसमा रहेको फिल्म निर्माण टिमले जनाएको छ ।
स्काइ निल र केट म्याकलर्नोनले निर्देशन गरेको करिब डेढ घण्टाको उक्त नेपाली चलचित्र अंग्रेजी सबटाइटलमा उपलब्ध छ ।
Tickets can be purchased with a 40% discount code: UKAFF2019 via the following link:
http://tonguesonfire.com/even-when-i-fall/
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति