स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समिति स्कटल्याण्डको आयोजनामा डुमएट हिल, स्टरलिङमा आइतबार हिल वाक इभेन्ट सम्पन्न भएको छ । सो अवसरमा करिब सय जनाभन्दा बढी सहभागी रहेको एनआरएनए स्कटल्याण्डले जनाएको छ ।
नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए । एनआरएनए स्कटल्याण्डको यो पहिलो सार्वजनिक कार्यक्रमले सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता र संगठन विस्तारमा सहयोग पुगेको अध्यक्ष कार्कीले बताए ।
हिल वाक इभेन्टबाट सहायता कोषका लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको कार्कीले जानकारी दिए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।
हिल वाक शुरु हुनुभन्दा अघि एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिँडाइका लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको विभिन्न स्थानहरु एडिनब्रा, ग्लास्गो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ ,डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।
हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ। उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रायोजन गरेको भिजिट नेपाल २०२०को प्रचार सामाग्री कार स्टिकर वितरण गरिएको थियो ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यवसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारका लागि नेपाली दूतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस