लन्डन । बेलायतको नेपाली डायस्पोरामा बल्ल उदाउंदै छ दोश्रो पुस्ता । यो पुस्ता स्थानीय समुदायसंग बढि घुलमिल छ तर मातृभूमिप्रति बेखबर । नेपाली भन्दा अंग्रेजी लवज र सप्ताहन्त अभिभावकहरुले गर्ने कार्यक्रमको सट्टा पब, थिएटर वा नाइट लाइफतिर आकर्षित छ यो वर्ग ।
अपवादमा यही दोश्रो पुस्तालाई प्रतिनिधित्व गर्ने एउटा जमात भने बेलायतमा पनि आफ्नो कला संस्कृति जगेर्ना र प्रचार प्रसारमा जुटेको छ । बेलायती विश्वविद्यालयमा अध्ययनरत नेपाली युवाहरुको एउटा सञ्जाल मर्जिङ नेपसक्सले गत शनिबार एथिना क्वीन स्ट्रिट लेस्टरमा विशाल सांस्कृतिक जमघट गरयो ।
बेलायतका ५० भन्दा बढि विश्वविद्यालयमा अध्ययनरत करिब ३०० सय नेपाली विद्यार्थी र युवा पेशेवरहरु कार्यक्रममा सहभागी थिए । कार्यक्रममा तन्नेरीहरुले नेपाली कला संस्कृति झल्कने गरि आफ्नो टयालेन्ट देखाए । उनीहरुको यस्तो कार्यक्रम यो दोश्रो हो । विद्यार्थी विभिन्न शहरबाट कोच रिजर्भ गरेरै कार्यक्रमस्थल पुगेका थिए ।
टयालेन्ट शोमा दश भन्दा बढि विश्वविद्यालयका विद्यार्थीले नृत्य र गायन प्रस्तुत गरे ।
सो अवसरमा किली युनिभर्सिटी, नटिङहाम युनिभर्सिटी, डि मोन्टफोर्ट युनिभर्सिटी, डर्बी युनिभर्सिटी, किङसटन युनिभर्सिटी, रोहेम्टन युनिभर्सिटी, सेन्ट म्यारिज युनिभर्सिटी, इष्ट एङलिया युनिभर्सिटी, युनिभर्सिटी अफ लेस्टर र नटिंगहाम एण्ड लोबरो युनिभर्सिटी अध्ययनरत विद्यार्थीले आकर्षक नेपाली नृत्य र गीत प्रस्तुत गरे । भक्त व्याण्डले पनि नेपाली गीत प्रस्तुत गरेर दर्शकलाई मज्जाले नचायो ।
उक्त सञ्जालले नेपालमा मेन्टरिङ स्किमसहित विभिन्न सामाजिक प्रोजेक्ट सञ्चालन गरेको मर्जिङ नेपसक्सका संस्थापक अध्यक्ष पवन कंडेलले जनाए ।
दुई वर्ष अघि देखि सक्रिय मर्जिङ नेपसक्स एउटा सामाजिक अभियान रहेको र यसले बेलायतस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपालीबीच सम्बन्ध विस्तार गरि मातृभूमिका लागि केही गर्ने सोचले अगाडि बढेको अर्का युवा ओजेश सिंह बताउंछन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’