
लन्डन । बेलायतका एक जना सामाजिक अभियन्ता जीव बेल्वासे ‘हाइ सेरिफ हयाम्पसायर अवार्ड’ बाट सम्मानित भएका छन् । गत बुधबार
सांझ ग्रेट हल वीन्चेस्टरमा आयोजित एक समारोहबीच बेल्वासेलाई उक्त अवार्ड दिइयो । बेलायतको नेपाली समुदायमात्र होइन्, अन्य इथ्नीक र बेलायती समुदायसंग पनि मेलमिलाप, सहकार्य, समायोजन आदिमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत बेल्वासेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
हयाम्पसायर काउन्टीका हाई सेरिफ (सेरेमोनियल अफिसर) ले बेल्वासेलाई अवार्ड प्रदान गरेका थिए । उनले अवार्ड ग्रहण गर्दा केही नेपाली अभियन्ता पनि सहभागी थिए ।
ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष बेल्वासेको स्थानीय रसमोर बरो काउन्सिल र प्रहरीसंग निकट सम्वन्ध छ । नेपाली समुदायको हक हित र भलाइका लागि उनले आवाज उठाउंदै आएका छन् । कम्युनिटीले आयोजना गर्ने हरेक कार्यक्रममा स्थानीय काउन्सिल पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहने गरेको छ भने काउन्सिलले पनि ति इभेन्टलाई आफ्नो वार्षिक क्यालेन्डरका रुपमा राखेर विशेष महत्व दिंदै आएको छ ।
बेल्बासे केही महिनाअघि बीबीसी सरे एण्ड ससेक्सको ‘कम्युनिटी हिरोज’ अवार्डबाट समेत सम्मानित भएका थिए ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण