लण्डन । हेल्प नेपाल नेटवर्क युकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा लन्डनमा एक कार्यक्रम गर्ने भएको छ ।
आउँदो ९ एप्रिल बेलुका लन्डनका मेयरको अफिस, सिटी हलमा हुने सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुने नेटवर्कले जनाएको छ। कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले पनि प्रस्तुति गर्नु हुनेछ ।
“मातृभूमिको लागि महिनामा एक पौण्ड वा एक डलर” भन्ने नारा दिएर सन् १९९९ मा बेलायतबाट स्थापित नेटवर्कको हाल नेपाल लगायत १४ मुलुकमा शाखा छन् । नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालीन मानवीय सहायता लगायत क्षेत्रमा सहयोग पुराउँदै आएको छ।
“हाम्रो स्थापनाकाल देखि नेपालमा विपन्न समुदायका लागि सेवा पुराउने हाम्रो अभियानमा सहयोग गर्दै आएका सबै सहयोगीप्रति हामी यस अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं। आगामी दिनमा पनि तपाईहरुबाट यस्तै माया र सहयोग पाईरहने हामीले विश्वास लिएका छौं,” हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष डा. प्रणव ज्ञवालीले भने ।
नेटवर्कका कामहरुबारे थप जानकारी www.helpnepal.net मा गएर पाउन सकिन्छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार