लण्डन । नेपाली नयाँ वर्षको अवसरमा लण्डनमा नेपाली म्यूजिक फेष्टिभल आयोजना हुँदैछ ।
नेपाली न्यूइयर इभ (अप्रिल १३ तारिख) साँझदेखि बिहानसम्म लण्डनको इलेक्ट्रिक ब्रिक्सटोनमा हुने सो फेष्टिभलमा नेपालबाट कलाकारहरु सविन राई एण्ड फारो, लाहुरे उर्फ आशिष राना, तृष्णा गुरुङले गाउने छन् भने युकेका प्रशान्त लिम्बु शब्द ब्याण्ड, युकेका डिजेहरु डिजे एस काजी र डिजे फास्ट सेक्रेटले मनोरन्जन दिनेछन् ।
कार्यक्रम सन्चालन लेक्स लिम्बु र निया देवानले गर्नेछन् ।
कार्यक्रमको आयोजना जी नाइन इन्टरटेन्मेन्टस, ह्याव मोमेन्ट, च्याउसे डी वन, नट जष्ट ट्राभल, माउण्टेन नेपाल मिडियाले संयुक्त रुपमा गरेका छन् भने कार्यक्रमको प्रस्तुति नेपाल फुडले गरेको छ ।
कार्यक्रमको टिकट दर ३५ पाउण्ड तोकिएको छ । कार्यक्रममा अप्रिल ७ देखि २० अप्रिलसम्म जन्मदिन परेकाहरुलाई निशुल्क प्रवेश दिइने बताइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे