जब यात्रा शुरु भयो
तब यात्रा अन्त्य हुने बाटो तय भयो
एउटा यात्राको थकाई नमार्दै
अर्को यात्रा प्रारम्भ भयो ।
जीवन यात्राको अनगिन्ती मोडहरुमा
उकाली ओरालीमा
कहिले उकालो चढ्दै
कहिले ओराली झर्दै
कहिले समतल भूमीमा एकनास हिड्दै
कहिले क्षितिज नियाल्दै
मनलाई फुरुङ्ग पार्दै
कहिले थकानमा सुस्केरा हाल्दै
कहिले लौरोको सहारामा
यो जीवन लतार्दै
गन्तब्यमा पुग्ने होडबाजी गर्दै
जीवन चलाउँदै वा चल्दै
यात्राको प्रारम्भ र अन्त्य भएको छ ।
अनगिन्ती यात्राहरुको संगालोमा
यात्रा प्रारम्भ र अन्त्यको बिचमा
जीवन भोग्नुको बाध्यतामा
आफैलाई सम्हाल्नुको यथार्थमा
कहिले मिठो अनुभूति
कहिले तितो अनुभूति
भनिन्छ अनुभूति मिठो भए प्रेरणा
अनुभूति तितो भए पाठ
यस्तै रहेछ यात्रा
पहिले अन्त्य कहिले शुरुवात
केही प्रेरणा केही पाठ ।
यात्रा प्रेरणा र पाठको संगालो रहेछ
यात्रा न्यानो मायाको अँगालो रहेछ
यात्रा तितो र मिठोको संगालो रहेछ
यात्रा भय र चुनौतीको भंगालो रहेछ
कसैको लागि यात्रा फूलको थुङ्गा रहेछ
कसैको लागि यात्रा चट्टानको ढुंगा रहेछ
भावीले जे लेख्यो जस्तो रेखा कोर्यो
आफूले जे सोच्यो जस्तो कर्म गर्यो
प्रारम्भदेखि अन्त्यसम्म
जसले जो भोग्यो जस्तो भोग्यो
त्यही रहेछ यात्रा ।
यात्रा जारी राख्ने हो भने
जीवन चलाउने हो भने
थकानको कुनै गुञ्जायस छैन
गुनासोको पनि कुनै गुनासो छैन
जीवनको अर्थ सार्थक बनाउने हो भने
गन्तव्यमा पुग्नुको विकल्प छैन
एउटा यात्रा प्रारम्भ भए पछि
अर्थपूर्ण अन्त्यको विकल्प छैन
एउटा यात्रा अन्त्य भएपछि
अर्को यात्रा प्रारम्भ गर्नुको विकल्प छैन ।
३ चैत २०७५ (१७ मार्च २०१९)
डार्टफोर्ड, बेलायत ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते