लन्डन । बेलायतलाई अलग गर्ने प्रक्रिया लम्ब्याउने पक्षमा बेलायती सांसदहरुले मत जाहेर गरेका छन् ।
बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बिहीबार भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेलाई ब्रेक्जिट समयसीमा लम्ब्याउन इयूसित अनुरोध गर्ने पक्षमा सांसदहरुले मत दिएका हुन् । सो प्रस्तावको पक्षमा ४१३ र विपक्षमा २०२ मत परेको थियो ।
सो मत परिणामपछि पूर्व घोषित समयसीमा २९ मार्चमा बेलायत इयूबाट नबाहिरिने पक्का भएको छ ।
मत परिणामपछि प्रधानमन्त्री मेले यदि सांसदहरुले आफूले ल्याउने अर्को प्रस्तावमा सांसदहरुले बहुमत दिएमा तीन महिना ब्रेक्जिट लम्ब्याउने र सांसदहरुले बहुमत नदिएमा इयूसित थप समयका लागि माग गर्ने बताएकी छिन् । यसरी समय थप्न परेमा इयूमा आवद्ध २७ वटै देश सहमत हुनपर्नेछ ।
संसदमा आज भएको मतदानमा ब्रेक्जिट पक्षधर सांसदहरुले ब्रेक्जिटलाई लम्ब्याउन नहुने पक्षमा मतदान गरेका थिए । जसमा सात मन्त्रीहरुसमेत छन् । तर, विपक्षी लेबोर पार्टी लगायतका सांसदले भने समय सार्ने पक्षमा मत दिएका थिए ।
आफूले ल्याएको ब्रेक्जिट सम्बन्धी प्रस्ताव दुईपटक पराजित भएपछि प्रधानमन्त्री मेले समयसीमा सार्ने प्रस्ताव ल्याएकी हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री मेले आगामी बुधबारभित्र ब्रेक्जिटसम्बन्धी अर्को प्रस्ताव संसदमा ल्याउने तयारी गर्दैछिन् । यसबाहेक प्रधानमन्त्री मेले ‘नो डिल’ सम्बन्धी प्रस्तावको पनि तयारी गरेको बुझिएको छ ।
यसअघि ब्रेक्जिटका बारेमा अर्को जनमत गर्ने प्रस्ताव भने अस्वीकृत भएको छ । सो प्रस्तावका पक्षमा ८५ मत परेको थियो भने विपक्षमा ३३४ मत परेको थियो ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै