लन्डन । साउथ हयारो लन्डनस्थित निवासमा सुतेकै अवस्थामा बितेका युवा लेखबहादुर रानामगरको शव नेपाल लैजान पर्वत वेलफेयर सोसाइटी यूकेले आर्थिक संकलन अभियान अगाडि बढाएको छ । पर्वत पैयू गाउंपालिका घर भइ लन्डन बस्दै आएका २९ वर्षीय रानामगरको यहां आएको तीन महिना नबित्दै गत २२ फेब्रुअरीमा निधन भएको थियो । परिवारले उनको पार्थिव शरिर नेपाल लगेर दाहसंस्कार गर्ने जनाउंदै सहयोग याचना गरेपछि सोसाइटीले पनि आर्थिक सहयोगमा तत्परता देखाएको हो ।
सोसाइटीका कोषाध्यक्ष सुरज पौडेलले चन्दा संकलन शुरु भएको जनाउंदै तल उल्लेखित बैंक खातामा सहयोग गरिदिन बेलायतमा रहेका पर्वतवासी तथा समस्त नेपालीसमक्ष अपिल गरेका छन् ।
यसैबीच, पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष विशेष समारोहबीच मनाउने भएको छ । सोसाइटीको आइतबार एम्पायर हलमा सम्पन्न कार्यसमिति बैठकले आगामी ४ मे, २०१९ मा नेपाली नयां वर्ष मनाउने निर्णय गरेको महासचिव भरत पौडेलले जनाए ।
नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले नयां वर्ष कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार कुलेन्द्र बिक र कृष्ण अखेलीलाई निम्त्याउने निर्णय गरेको छ ।
बैठकमा सोसाइटीका निवर्तमान अध्यक्ष दधी आचार्यलाई औपचारिक विदाइ समेत गरिएको थियो ।
रानामगर परिवारलाई सहयोग गर्न-
Account name- PWS
Sort Code- 20 -54- 25
Account- 53190536
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित