लन्डन । साउथ हयारो लन्डनस्थित निवासमा सुतेकै अवस्थामा बितेका युवा लेखबहादुर रानामगरको शव नेपाल लैजान पर्वत वेलफेयर सोसाइटी यूकेले आर्थिक संकलन अभियान अगाडि बढाएको छ । पर्वत पैयू गाउंपालिका घर भइ लन्डन बस्दै आएका २९ वर्षीय रानामगरको यहां आएको तीन महिना नबित्दै गत २२ फेब्रुअरीमा निधन भएको थियो । परिवारले उनको पार्थिव शरिर नेपाल लगेर दाहसंस्कार गर्ने जनाउंदै सहयोग याचना गरेपछि सोसाइटीले पनि आर्थिक सहयोगमा तत्परता देखाएको हो ।
सोसाइटीका कोषाध्यक्ष सुरज पौडेलले चन्दा संकलन शुरु भएको जनाउंदै तल उल्लेखित बैंक खातामा सहयोग गरिदिन बेलायतमा रहेका पर्वतवासी तथा समस्त नेपालीसमक्ष अपिल गरेका छन् ।
यसैबीच, पर्वत वेलफेयर सोसाइटी यूकेले नेपाली नयां वर्ष विशेष समारोहबीच मनाउने भएको छ । सोसाइटीको आइतबार एम्पायर हलमा सम्पन्न कार्यसमिति बैठकले आगामी ४ मे, २०१९ मा नेपाली नयां वर्ष मनाउने निर्णय गरेको महासचिव भरत पौडेलले जनाए ।
नेत्र आलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले नयां वर्ष कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार कुलेन्द्र बिक र कृष्ण अखेलीलाई निम्त्याउने निर्णय गरेको छ ।
बैठकमा सोसाइटीका निवर्तमान अध्यक्ष दधी आचार्यलाई औपचारिक विदाइ समेत गरिएको थियो ।
रानामगर परिवारलाई सहयोग गर्न-
Account name- PWS
Sort Code- 20 -54- 25
Account- 53190536
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?