
लन्डन । बेलायतका एक जना व्यवसायी सुनिल खड्का यस पटकको नेपाल होलिडे च्यारिटी कर्ममा बिताएर फर्किएका छन् । ‘नेपाल पर्यटन वर्ष २०२०’ को प्रवर्धनसहित एकजना बेलायतीलाई नेपाल घुमाउन संगै लगेका खड्काले नेपालमा मानसिक रोगीहरुका लागि कार्यरत संस्था मानवसेवा आश्रमलाई साढे तीन लाख रुपैयां प्रदान गरे । खड्काले गत १६ फेब्रुअरीमा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई साढे तीन लाख रुपैयांको एक चेक प्रदान गरेका थिए ।
वकिंग नजिक वेष्ट बाइफ्लीटको ‘न्यू हवेली रेष्टुरेन्ट’ का सञ्चालक खड्काले सडकमा बेवारिसे भेटिएका मानसिक रोगीलाई रेखदेख गर्दै आएको संस्थालाई सहयोग गर्न पाउन पाउंदा आफू हर्षित भएको बताए । ‘सानो सहयोगले कसैको मुहारमा खुशी छाउंदा मलाई निकै आनन्द लाग्छ’, खड्काले भने, ‘च्यारिटीसंगै म अहिले नेपालको पर्यटन प्रवर्धनमा पनि लागिरहेको छु ।’
नेपाल जांदा प्रत्येक पटक चन्दा दिएरै फर्कन्छन् सुनिल । गत वर्ष उनले चितवनको आइ बैंकलाई एक लाख ११ हजार एकसय ११ रुपैयां प्रदान गरेका थिए ।
उनले भर्खरमात्र अल्डरसटस्थित शिव कल्चरल सेन्टरलाई शिव मन्दिर स्थापनार्थ एकहजार एक पाउण्ड दिएका थिए ।

१८ वर्षदेखि बेलायत बस्दै आएका खड्का समाजसेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । उनले सन् २०१७ नोभेम्बर दोश्रो साता परफर्ड वेष्ट बाइ फ्लीटमा अवस्थित परफर्ड चर्च अफ इंग्ल्याण्ड प्राइमरी स्कुललाई एकहजार १७ पाउण्ड आर्थिक सहयोग गरेका थिए ।
हालैमात्र ‘रिलोकेट’ गरि सञ्चालनमा ल्याइएको खड्काको ‘न्यू हवेली रेष्टुरेन्ट’ सांसद जोनाथन लर्डले केही महिनाअघि विशेष समारोहबीच उद्घाटन गरेका थिए । चितवन एड ट्रष्ट (क्याट) यूकेका पूर्व उपाध्यक्ष एवं सल्लाहकार खड्का एनआरएन अभियन्ता पनि हुन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे