लण्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स युकेले लण्डनको ब्ल्याकहीथस्थित एभरेस्ट इन् रेस्टुरेन्टमा एक दिने तालिम गरेको छ ।
Geographic Information System (GIS) सम्बन्धि सो तालिममा लन्डन र आसपासका विभिन्न विधाका १५ जना इन्जिनियरहरुको सहभागिता थियो ।
समाजका सदस्य तथा उक्त कार्यक्रमका संयोजक बेद भट्टराइले संचालन गरेको कार्यक्रममा GIS बिज्ञ डा. बिदुर घिमिरेले सहभागीहरुलाई तालिम दिएका थिए । सो कार्यक्रममा GIS को इन्जिनियरिङ्ग एप्लीकेसन, बिभिन्न सफ्टवेयरहरुका बीचको अन्तरसम्बन्ध लगायत यसको Intensive application को चर्चा गरिएको थियो ।
समाजका वरिस्ठ सदस्य तथा सल्लाहकार के. के. श्रेष्ठले यस किसिमका कार्यक्रम इन्जिनियर समुदायका लागि अति उपयोगी हुने धारणा राख्नुका साथै अनुभव आदानप्रदान तथा पुनर्ताजगी कार्यक्रमको बिशेषता रहेको बताए । कार्यक्रम संयोजक भट्टराइले आगामी दिनमा AutoCAD, Primavera, Revit, Visual Basic, BIM लगायतका तालिमहरु संचालन गरिने जानकारी दिए ।
समाजका अधक्ष शैलेन्द्र श्रेष्ठले आगामी दिनहरुमा पनि सबैका लागि उपयोगी हुने तालिम संचालन गरिने जानकारी गराउँदै ट्रेनिङ टिम लगायत सबै सहभागीहरुलाई धन्यबाद सहित प्रमाण पत्र बितरण गरेका थिए।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’