
लन्डन । नेप्लिज सेफ एसोसियसन युकेको दोश्रो राष्ट्रिय अधिबेशन आगामी अप्रिल महिनामा हुने भएको छ ।
हालै यहाँ बसेको नेपाली सेफहरुको बैठकले बेलायतस्थित लन्डनको भेन्यू फाइभमा दोस्रो अधिवेशन गर्न लागेको हो ।
नेपाली सेफहरुको साझा संगठन नेप्लिज सेफ एसोसियसनको राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति चयन गर्नेछ । एसोसियसनले नेपाली सेफहरुको हकहित र सिप अभिबृद्धिका लागि यूकेमा काम गर्दै आइरहेको छ ।
एसोसिएसनका अध्यक्ष कृष्ण तिमल्सेनाका अनुसार अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । उनले सवै सेफहरुलाई आफ्नो हक अधिकारका लागि संगठित हुन र कार्यक्रममा भाग लिन अनुरोध गरेका छन । तिमल्सेनाका अनुसार सहमतिमै नेतृत्व चयन हुनेछ । एसोसियसनले निर्वाचन कार्यतालिका यसै साता सार्वजनिक गर्ने जनाएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन