लण्डन – बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिर्गमनबारे सरकारले ‘कस्टम यूनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भैरहेका समय प्रधानमन्त्री टेरेजा मेले प्रतिपक्षी दलका नेता जेरमी कर्बिनसँग छलफल गर्नुहुने भएको छ ।
मेले प्रतिपक्षी दलका नेता कर्बिनद्वारा एक पत्रमार्फत ब्रेक्जिटबारे राखेका पाँच मागमा सम्झौताकारी जवाफ दिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सोमबार स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रबारे मेले आइरिस समस्याको ‘वैकल्पिक समाधान’ खोज्न र कडा सीमा नीतिलाई लागु नगर्ने प्रतिवद्धता जनाउनका लागि आफूले दुई दलबीच छलफल गर्न चाहेको बताउनुभएको छ ।
लेबर पार्टीले मेको पत्रको जवाफ दिइसकेको छैन ।
कस्टम यूनियनका बिषयमा उनीहरूबीच भिन्नता रहँदै आएको छ । तर मेले कर्बिनको कुनै पनि शर्तलाई पत्रमा सिधै अस्वीकार गर्नुभएको छैन ।
स्थानीय विश्लेषकले मेको भाषा थप सूक्ष्म भेदयुक्त रहेको बताएका छन् । निजी विचारका रूपमा प्रधानमन्त्रीका सहयोगीले भने स्थायीरूपमा कस्टम यूनियन राख्ने कुरा स्वीकार्ने सम्भावना नरहेको बताएका छन् ।
यस पहिले कर्बिनले प्रधानमन्त्रीलाई लेखेको पत्रमा इयूका लागि छुट्टै सम्झौता गरी बेलायतभरको लागि स्थायी र विस्तृत ‘कस्टम यूनियन’ को माग गर्नुभएको थियो तर दुबैको बाह्य कर भने एउटै हुने बताइएको छ ।
नयाँ बैठकको तिथि तय भएको तर मे को पत्रमा दुई पक्ष सकेसम्म छिट्टै छलफलमा बस्ने जनाइएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे