
लन्डन, २७ माघ – बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।
गत महिना फिलिप आफैंले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुनुहुन्छ ।
बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गर्नुभएको जनाएको छ ।
प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । “नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,” प्रहरीले पुष्टी गरेको छ- “राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ ।”
सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप घटनाका बारेमा छानबिन गरिने बताएका छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।
फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सबार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ ।
राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । उहाँको गत वर्ष अप्रिलमा पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे