लन्डन । बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टर नेपाल भ्रमणमा जाने भएका छन् । यही फेब्रुअरी १८ तारिख उनी नेपाल जान लागेको लन्डनस्थित नेपाली दूतावास श्रोतले जानकारी दिएको छ । मन्त्री ल्यानकास्टर भूतपूर्व गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारको प्रस्ताव लिएर जान लागेको बताइएको छ । तर, प्रस्ताव के कस्तो हो भन्नेबारे खुलाइएको छैन् ।
कुनै बेला गोर्खा ब्रिगेडमा समेत कार्यरत ल्यानकास्टर गोर्खा मुद्दाका जानकार मानिन्छ । उनले चार दिन नेपालमा रहंदा राष्ट्रपति, प्रधानमन्त्री लगायत मन्त्री र शीर्षस्थ नेताहरुसंग भेटघाट गर्ने कार्यक्रम छ ।
बेलायत र नेपाल सरकार एवं भूतपूर्व गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक कमिटीले कयौं चरणका वार्तापछि वर्ष दिन अघि बेलायत र नेपाल सरकारलाई बेग्ला बेग्लै प्रतिवेदन बुझाएको थियो । नेपाल सरकारले समेत भेदभाव भएको र यो समस्याको उचित सम्वोधन गरिनुपर्नेमा जोड दिंदै आएकाले भूपू गोर्खा यसपटक आशावादी छन् ।
भूपू गोर्खाहरुले अवकास पाए देखि अंग्रेज सरह समान पेन्सन, स्टेट पेन्सन, रिडन्डेन्सीमा पठाइएकालाई एकमुष्ट उपदान, विधवा र हवाइ काण्डमा परेका १२१ जनालाई उचित क्षतिपूर्ति, सन् १९६५ यता जन्मिएका वयस्क सन्तान सबैलाई आवासीय अधिकार आदि माग राख्दै आएका छन् ।
बेलायतको उच्च अदालत र युरोपेली अदालतले समेत भूपू गोर्खाहरुको समान पेन्सन मुद्दा हराइसकेपछि समाधानका लागि अब कुटनीतिक विकल्पमात्र बांकी छ । कान्तिपुर
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो