लन्डन । बेलायतमा व्यापार गरिरहेका नेपालीहरु संगठित भएका छन् । उनीहरुले यूके नेपाल बिजनेस ग्रुप गठन गरेका हुन् ।
यूके नेपाल विजनेश ग्रुप सञ्चालन एवं त्यसको विस्तार, ब्यबस्थापन गर्न एक समिति गठन गरिएको छ । समितिको निर्देशकमा ओम गुरुङ, प्रवन्धक भिम सारु, सचिव
हाङसिङ सुब्बा र कोषाध्यक्षमा अर्जुन गुरुङ छन् ।
त्यसैगरि, सल्लाहकारमा नन्द गुरुङ र सदस्यहरुमा लोकेश गुरुङ, ठाकुर गुरुङ, याम गुरुङ, बल गुरुङ र खिम थापा (वेव डिजाइनर) चुनिएका छन् ।
उक्त समितिको बैठक गत २८ जनवरीमा क्रस्ड खुकुरी रेष्टुरेन्ट, ननिटनमा सम्पन्न भएको छ । उक्त बैठकमा ननिटन साथै आसपास शहरमा विभिन्न व्यापार ब्यवसाय गरिरहेका व्यवसायीको उपस्थिति थियो । उक्त भेलामा व्यापार व्यवसायको अवस्था, सम्भावना, विस्तार अनि आपसी एकताबारे छलफल भएको थियो । सहभागी ब्यवसायीले आ-आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
आगामी दिनमा संस्थालाई यूकेभर सबै ब्यवसायीकाबीचमा विस्तार गर्ने लक्ष्य रहेको ब्रिटिश गोरखा भेट्रानका अध्यक्ष ओम गुरुङ एमबीइले बताए । ब्यवस्थापक भिम सारुले भावी योजना सुनाएपछि निर्देशक गुरुङले सभा विसर्जन गरेका थिए । सांझ ८ बजे शुरु भएको भेला राती ११ बजे समापन भएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे