स्कटल्याण्ड । गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषद बैठकले एनआरएनए स्कटल्याण्डमा संगठन विस्तार र भावी कार्ययोजनाका लागि विभिन्न निर्णय गरेको छ ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले उक्त बैठकमा एनआरएनएको स्कटल्याण्डमा संगठन विस्तारका लागि विभिन्न कार्यहरु गर्ने र भिजिट नेपाल २०२० को लागि स्कटल्याण्डमा कार्यहरु गर्ने विषयमा छलफल गरिएको बताए ।
बैठकले स्कटल्याण्ड राज्य परिषदको नियमित कार्य सञ्चालन गर्नका लागि अध्यक्ष मोहन कार्कीको संयोजकत्वमा स्कटल्याण्ड राज्यपरिषद कार्यविधि निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै स्कटल्याण्डका नेपाली समुदायबीच खेलकुदको विकास गर्ने अभिप्रायले समितिका सदस्य उज्जवल कार्कीको संयोजकत्वमा खेलकुद समिति र कलासंस्कृतिको विकास एवं जगेर्ना गर्नका लागि परिषदका सचिव कृष्ण दाहालको संयोजकत्वमा कला संस्कृति समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरी स्कटल्याण्ड राज्य समन्वय परिषदलाई आवश्यक सल्लाह र प्रभावकारी रूपमा कार्य अघि बढाउन विज्ञ एवम् समाजसेवीहरुलाई समेटेर सल्लाहकार समिति प्रस्ताव गरिएको छ । सल्लाहकार समितिमा डा. राम कुमार अधिकारी, प्रकाश अर्याल, माधव भण्डारी, डा. भास्कर अधिकारी, टक थापा, डा. केशव भट्टराई र अनल गौतमलाई प्रस्ताव गरिएको छ ।
उक्त बैठकमा अघिल्लो शपथग्रहण कार्यक्रममा विशेष कामले गर्दा अनुपस्थित भएकी सदस्य लक्ष्मी सापकोटा भट्टराईलाई अध्यक्ष मोहन कार्कीद्वारा पद तथा गोपनीयताको शपथ गराइएको थियो । उक्त बैठक एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा भएको थियो ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द