लन्डन । इष्ट लन्डन नेपलिज (गोर्खाज) कम्युनिटीले ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेको सहकार्यमा एक सामुदायिक सचेतना कार्यक्रम गर्ने भएको छ ।
आगामी ३ फेब्रुअरी दिउसो १ देखि ४ बजेसम्म रोयल ब्रिटिश लिजन, बेकनट्री एभेन्यू, डेगेनहाममा निशुल्क सामुदायिक सचेतना कार्यक्रम तय भएको हो । वित्तिय, कानूनी तथा करबारे सम्बन्धित क्षेत्रका वीज्ञहरुबाट नेपाली भाषामा निशुल्क दिइने उक्त कार्यक्रम महत्वपूर्ण एवं ज्ञानवर्धक हुने आयोजकको विश्वास छ । आयोजकले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर लाभान्वित हुन समेत आव्हान गरेका छन् ।
प्रश्नोत्तर र आवश्यक परे वीज्ञहरुसंग एक्लै परामर्श गर्न समेत सकिने व्यवस्था मिलाइएको छ ।
उक्त कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले मुख्य वक्ताका रुपमा वर्तमान ‘हाउजिङ मार्केट’ र घर खरिद प्रक्रियाबारे जानकारी दिनेछन् । दर्लामीले वील्स र प्रोटेक्सनबारे समेत प्रवचन दिने कार्यक्रम छ ।
त्यसैगरि, एसएनपी प्लस लिमिटेडका सिए समिरनाथ प्याकुरेलले कर प्रणाली लगायत यसका विभिन्न पक्षबारे केलाउनेछन् भने ब्यारिस्टर देवेन्द्रसिंह श्रेष्ठले ‘फेमिली र अध्यागमन कानून’ बारे अवगत गराउने जनाइएको छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूके र एसएनपी प्लस लिमिटेडले विगत देखि नै यस खालका निशुल्क परामर्श कार्यक्रम गर्दै आएका छन् जसबाट बेलायतको नेपाली डायस्पोरा लाभान्वित भएको छ ।
‘मानवीय जीवनमा अति आवश्यक घर खरिद प्रक्रिया देखि वील्स, प्रोपर्टी, इन्सुरेन्स आदि क्षेत्रमा निशुल्क परामर्शले नेपाली समुदाय अझ सूसुचित हुने विश्वास हामीले लिएका छौं’, दर्लामीले भने ।
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द