लन्डन । इष्ट लन्डन नेपलिज (गोर्खाज) कम्युनिटीले ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेको सहकार्यमा एक सामुदायिक सचेतना कार्यक्रम गर्ने भएको छ ।
आगामी ३ फेब्रुअरी दिउसो १ देखि ४ बजेसम्म रोयल ब्रिटिश लिजन, बेकनट्री एभेन्यू, डेगेनहाममा निशुल्क सामुदायिक सचेतना कार्यक्रम तय भएको हो । वित्तिय, कानूनी तथा करबारे सम्बन्धित क्षेत्रका वीज्ञहरुबाट नेपाली भाषामा निशुल्क दिइने उक्त कार्यक्रम महत्वपूर्ण एवं ज्ञानवर्धक हुने आयोजकको विश्वास छ । आयोजकले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर लाभान्वित हुन समेत आव्हान गरेका छन् ।
प्रश्नोत्तर र आवश्यक परे वीज्ञहरुसंग एक्लै परामर्श गर्न समेत सकिने व्यवस्था मिलाइएको छ ।
उक्त कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले मुख्य वक्ताका रुपमा वर्तमान ‘हाउजिङ मार्केट’ र घर खरिद प्रक्रियाबारे जानकारी दिनेछन् । दर्लामीले वील्स र प्रोटेक्सनबारे समेत प्रवचन दिने कार्यक्रम छ ।
त्यसैगरि, एसएनपी प्लस लिमिटेडका सिए समिरनाथ प्याकुरेलले कर प्रणाली लगायत यसका विभिन्न पक्षबारे केलाउनेछन् भने ब्यारिस्टर देवेन्द्रसिंह श्रेष्ठले ‘फेमिली र अध्यागमन कानून’ बारे अवगत गराउने जनाइएको छ ।
ए स्टार फाइनान्सियल सोलुसन्स् यूके र एसएनपी प्लस लिमिटेडले विगत देखि नै यस खालका निशुल्क परामर्श कार्यक्रम गर्दै आएका छन् जसबाट बेलायतको नेपाली डायस्पोरा लाभान्वित भएको छ ।
‘मानवीय जीवनमा अति आवश्यक घर खरिद प्रक्रिया देखि वील्स, प्रोपर्टी, इन्सुरेन्स आदि क्षेत्रमा निशुल्क परामर्शले नेपाली समुदाय अझ सूसुचित हुने विश्वास हामीले लिएका छौं’, दर्लामीले भने ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे