लन्डन । क्वोने (घोताने/घोण्डे) समाज युकेले विगत झैं यस बर्ष पनि गत १९ जनवरी २०१९ शनिबार अल्डरसटस्थित एम्पायर हलमा आफ्नो वार्षिक भेटघाट तथा तेस्रो चेलीबेटी भात खुलाइ कार्यक्रम गरेको छ । आफ्नो परम्परालाई निरन्तरता दिंदै समाजका सदस्यहरुले माघे संक्रान्तिको अवसरमा आफ्ना चेलिबेटीहरुलाई भात खुलाउने प्रचलन यस वर्ष पनि जारी राखे ।
क्वोने समाज युकेका अध्यक्ष अ. लेप्टेन चन्द्र क्वोने गुरुङ, वयोवृद्ध सदस्य ९४ वर्षीय राजमान गुरुङ, ८६ वर्षीय नरबहादुर गुरुङ, समाजका निवर्तमान अध्यक्ष नरजङ्ग गुरुङ, संस्थापक सल्लाहकार नारायण कान्मै, गैर आवसीय नेपाली संघ युकेका उपाध्यक्ष तथा क्वोने समाज युकेकी चेली श्रीमती पुनम गुरुङले संयुक्त रुपमा पानसमा दियो बालेर औपचारिक कार्याक्रमको उद्घाटन गरेका थिए ।
युकेको नियम अनुसार शुरुमा समाजका कोषाध्यक्ष बोहत गुरुङले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जानकारी गराउंदै नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो । साथै क्वोने परिवारभित्र यस वर्ष बितेका परिवारका सदस्यहरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ तथा समाजका संस्थापक सल्लाहकार नारायण कान्मैले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा समाजका सचिव मेजर राजपति गुरुङले गुरुङ तथा विशेष गरी क्वोने (घोताने/घोण्डे) को इतिहास सम्बन्धि छोटो जानकारी गराए । कार्यसमितिका सदस्य बानिय कृष्ण गुरुङ्गले सामूहिक लगानी सम्बन्धि अवधारणबारे जानकारी गराएका थिए । कार्यक्रममा आमा समूहकी निवर्तमान प्रमुख पुनम गुरुङले बाबा तथा माइतीलाई धन्यवाद दिइन् ।
कार्यक्रममा यो वर्ष विभिन्न संघसंस्थामा निर्वाचित भएका घोताने समाजका सदस्य सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, एनसीआई ग्रुप यूकेका अध्यक्ष मोहन गुरुङ, डेगन्हम नेपाली समाजका अध्यक्ष मिमकाजी गुरुङ, लण्डन बरो अफ बार्नेटका काउन्सिलर लक्ष्यबहादुर गुरुङ र हङकङ नेपाली मन्च यूकेका अध्यक्ष भीम महेन्द्र गुरुङलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा चेली र भान्जीहरुबाट आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने तमुधिं युकेको निमन्त्रणामा हाल युके आएका चर्चित कलाकारहरु गोविन्द गुरुङ तथा ममता गुरुङले कौडा, गुरुङ गीतहरु-रिमै थुमै प्रितना रोधीरी, ए ङ्गोल्स्यो ए ङ्गोल्स्यो, आयदो ठागु…..आदि गाएर माहोल निकै रोमाञ्चक बनाए ।
कार्यक्रमको प्रमुख आकर्षणमा चिठ्ठा पनि थियो । छोरीचेलीहरुले सञ्चालन गरेको उक्त चिठ्ठाको प्रथम पुरस्कार एक तोला सुन, द्वितीय पुरस्कार सिको फाइभ घडी र तृतीय पुरस्कार लाफिङ्ग बुद्धको मूर्ती थियो । चिठ्ठा कार्यक्रमबाट उठेको एक हजार ९१ पाउण्ड रकम छोरीचेलीको तर्फबाट बाबा माइतीलाई धन्यवाद दिंदै समाजका कोषाध्यक्ष बोहत गुरुङलाई हस्तान्तरण गरिएको थियो ।
ताउ गुरुङबाट
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द