लन्डन । ताप्लेजुङ समाज युकेको अध्यक्षमा बुद्धिमान दर्नाल निर्वाचित भएका छन् । समाजको शनिबार आसफोर्डमा भएको पाँचौं अधिवेशनले दर्नाललाई निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा जीवनप्यारा मादेन, जीतप्रकाश मेन्याङ्बो र नरबहादुर सबेनहिम, महासचिव जानुका काम्वाङ, सचिवमा सुजन पन्धाक र पूर्ण मादेन, कोषाध्यक्षमा नीमा ग्याल्बो लामा, सहकोषाध्यक्ष दिपेन्द्र गुरुङ निर्वाचित भएका छन् । बाँकी सदस्यहरु कार्यसमितिको बैठकले मनोनयन गर्ने निर्वाचन समितिका सचिव छत्र वनेमले जानकारी दिए ।
अधिवेसनमा नयाँ कार्यसमिति चयन गर्नका लागि बसन्त गुरुङको संयोजकत्वमा छत्र वनेम सदस्यसचिव र टंक यङदेन सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
अधिवेसनको उद्घाटन सत्र अध्यक्ष अमृता पालुङवाको अध्यक्षतामा भएको थियो । सचिव रत्न लाबुङको सञ्चालनमा भएको सो सत्रमा विभिन्न प्रतिवेदन पारित गरिएको थियो भने छिमेकी जिल्लाबाट आएका प्रतिनिधिले शुभकामना दिएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन