लन्डन । नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भएको छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको लन्डनस्थित नेपाली दूतावासले मंगलबार जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६ प्रतिशत बढि हो ।
दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रबर्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका दूतावासको भनाइ छ ।
नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाइने दावी गरेका छन् ।
सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढि हो ।
हवाईमार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ ।
यसैबीच, ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन बेलायतमा एक उच्चस्तरिय समिति गठनको तयारी भएको छ । नेपाली राजदूत डा. सुवेदीको अध्यक्षतामा यही १९ जनवरी सांझ दूतावासमा विशेष कार्यक्रमबीच एक उच्चस्तरिय समिति यूके बनाउन लागिएको हो ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता