लन्डन । नेपाल भ्रमण गर्ने बेलायती पर्यटक संख्या वृद्धि भएको छ । बेलायतबाट गत वर्ष सन् २०१८ मा ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा गएको लन्डनस्थित नेपाली दूतावासले मंगलबार जनाएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा १५ दशमलव ६ प्रतिशत बढि हो ।
दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रबर्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका दूतावासको भनाइ छ ।
नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाइने दावी गरेका छन् ।
सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या उत्साहजनक वृद्धि भई झण्डै १२ लाख पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढि हो ।
हवाईमार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट दुई लाख तीन हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेको बोर्डले जनाएको छ ।
यसैबीच, ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन बेलायतमा एक उच्चस्तरिय समिति गठनको तयारी भएको छ । नेपाली राजदूत डा. सुवेदीको अध्यक्षतामा यही १९ जनवरी सांझ दूतावासमा विशेष कार्यक्रमबीच एक उच्चस्तरिय समिति यूके बनाउन लागिएको हो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन