लण्डन – कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो ।
मोटर निर्माण कम्पनीको तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स, ले सोमबार दिएको जानकारीमा गत बर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ ।
अघिल्लो बर्षमा २० लाख ३७ लाख कारको विक्री भएको थियो । विक्रीमा सन् २०१८ मा देखिएको गिरावट सन् २००८ पछि कै सवैभन्दा बढी हो । एक दशक पहिले विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीको प्रभाब बेलायती अर्थतन्त्रमा पनि देखिएको थियो ।
समूहका प्रमुख कार्यकारी माइक हावेसले भन्नुभयो, “उपभोक्ताको लगानी गर्ने आत्मविश्वासमा कमी, आर्थिक बर्षको अस्पष्टता, नीतिगत सन्देशहरू र उच्च समस्याग्रस्त बजारमा नियमनकारी कानूनको परिवर्तनले कारको कारोबारमा कमी आएको हो ।”
ब्रेक्जिटबारेको अनिश्चिततालाई प्रत्यक्ष दोष नलगाइकनै हावेसले भन्नुभयो, “यो तथ्याङ्क नीतिनिर्माताका लागि सचेत बनाउन एउटा सन्देशका रूपमा आएको छ ।”
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन