लण्डन । युकेका विभिन्न विश्वविद्यालबाट ग्राजुयट गरेका नेपाली युवाहरुले युकेमा अनलाइनमार्फत किनबेच गर्न मिल्ने वेवसाइट शुरुवात गरेका छन् । ग्राजुयट आन्टप्रिनर्स नेपलिज सोसाइटी (जेन्स) युकेले आइतबारबाट नेपाली इबजार डटकम www.nepaliebazaar.com को शुरुवात गरेको हो ।
सो वेवपोर्टलको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष ललितकुमार न्यौपाने र जेन्स युकेका अध्यक्ष लेखनाथ गैरेले शुभारम्भ गरे ।
वेवसाइटमा विक्रेता र क्रेताले सेवा तथा वस्तु खरिद बिक्री गर्न सक्नेछन् । जेन्स युकेका अध्यक्ष गैरेले सो वेव मार्केट प्लेसको माध्यमबाट क्रेता र बिक्रेता दुवै लाभान्वीत हुने विश्वास व्यक्त गरे । उनले युके र बाँकी विश्वमै सबैभन्दा ठूलो नेपाली अनलाइन मार्केट प्लेसका रुपमा नेपालीइबजारलाई विकसित गरिने बताए । तत्कालमा युके पाउण्डमा मात्र र पेपालबाट खरिद बिक्री गर्न मिल्ने बताइएको छ ।
युकेका कानुनी प्रावधानहरु पूरा गरी बनाइएको सो वेवसाइटबाट ढुक्क भएर किन्न बेच्न सकिने सो वेवसाइटका निर्माता जेन्स युकेका कोषाध्यक्ष गणेश थापाले बताए । वेवसाइटमा क्रेताको अधिकार पूर्ण रुपमा ग्यारेण्टी गरिएको र क्रेता र बिक्रेताबीच विवाद भएमा जेन्स युकेले हस्तक्षेप गर्ने बताइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर र वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, जेन्स युकेका संस्थापक अध्यक्ष शालिकराम सापकोटा, बुद्ध फाउण्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए युकेका उपमहासचिव विनय अधिकारी, सचिव सुरज मास्के, कोषाध्यक्ष सचिन श्रेष्ठ र सदस्य राजन खकुराल, डा. मुकुन्द बाँस्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जेन्स युकेका अध्यक्ष लेखनाथ गैरेको अध्यक्षता र सचिव तिलक भट्टराईको संचालनमा भएको सो कार्यक्रममा सल्लाहकार विष्णु चोङवाङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने जेन्स युकेकी सदस्य मैना शर्मा र सूर्य केसीले पनि बोलेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासाको अध्यक्ष गैरे र कोषाध्यक्ष थापाले जवाफ दिएका थिए ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ