लन्डन । आफ्नो देशमा गैर कानुनी आप्रवासी प्रवेश बेलायतलाई गम्भीर चिन्ताको विषय बनेको छ । बेलायत ईयूबाट बाहिरिएपछि असम्भव हुने भन्दै मानव तस्करहरु अहिले नै अफ्रिका तथा एसियाका आप्रवासीलाई गैर कानुनी रुपमा बेलायत र युरोप छिराउन उद्यत भइरहंदा बेलायतलाई यो टाउको दुखाइ बनेको हो ।
क्रिसमस इभ रमझम भइरहेका बेला विभिन्न दशवटा स साना डुंगामार्फत इंगलिस च्यानल हुंदै बेलायत छिर्न खोज्ने करिब ८२ जना आप्रवासीलाई सीमा सुरक्षा बलले समात्यो । ७१ जना त यूके छिर्न सफल भए ।
उक्त घट्नालाई गम्भीर चासोका रुपमा लिंदै बेलायती गृह मन्त्री साजिद जाविद परिवारसंग क्रिसमस होलिडे छोट्याएर स्वदेश फर्किन वाध्य भए । गृहमन्त्री इंगलिस च्यानलमा धमाधम आप्रवासी चढेर आएका डुंगा समातिएको खबरबाट आक्रोशित मात्र भएनन्, उनको ति गैर कानुनी आप्रवासीप्रतिको प्रतिक्रियाबाट प्रतिपक्ष दलले आलोचना समेत गरयो ।
गत नोभेम्बरदेखि नयां वर्ष आसपाससम्म बेलायत आउन खोज्ने झण्डै दुई सय ३९ जना गैर कानुनी आप्रवासीलाई बेलायत र फ्रान्सका अधिकारीहरुले समातेका बताइएको छ । पर्वका बेला जांच गर्ने जनशक्ति कम हुने आंकलन गर्दै मानव तस्करहरुले त्यो समय रोजेका थिए । क्रिसमसका बेलामात्र गैर कानुनी रुपमा प्रवेश गर्न खोज्ने १३९ आप्रवासी समातिए । यसअघि लरीमा लुकेर आउने आप्रवासीलाई अहिले तस्करहरुले सानो डुंगामा ल्याउने गरेका छन् ।
बेलायतको रोयल नेभीले यूके बोर्डर फोर्स र फ्रेन्च अधिकारीहरुको सहयोगका लागि डोभरमा भेसल (पानी जहाज) परिचालन गर्न सहमत भएपछि फ्रेञ्च अधिकारीहरुले जोखिम मोलेर साना डुंगामार्फत इंगल्याण्ड छिर्न खोज्ने आप्रवासी नियन्त्रणका लागि नयां योजना बनाएका समाचारमा जनाइएको छ । ल इन्फोर्समेन्ट एजेन्सीबीच सहकार्य र बेलायत तथा फ्रान्सको सामुद्रिक तटमा सिसिटिभी, राडार, ड्रोन र सुरक्षा बल बढाउने तयारी छ ।
फ्रान्सका गृहमन्त्री क्रिस्टोफ कासटेनरले उक्त योजनाबाट गैर कानुनी आप्रवासी प्रवेश नियन्त्रण मात्र होइन, जोखिमपूर्ण यात्रा अन्त्य पनि गर्न सघाउ पुग्ने बताए । बेलायती गृहमन्त्री जाविदले फ्रेन्च अधिकारीहरुको उक्त सहकार्यको स्वागत गर्दै इंगलिस च्यानलको अवस्था नियन्त्रण गर्न सहकार्य महत्वपूर्ण हुने बताए ।
डेली मेलका अनुसार, मानव तस्करहरुले सामाजिक सञ्जालमै दश हजार पाउण्ड तिरे बेलायत लगायत पश्चिम युरोप सजिलै पुग्न सकिने विज्ञापन गर्ने गरेका छन् ।
आप्रवासीका लागि स्पेन युरोपेली देश छिर्ने प्रमुख द्वार बनेको छ । अन्य युरोपेली देशले कडाइ गरेपछि आप्रवासी मेडिटेरेनियन हुंदै स्पेन प्रवेश गरेका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१८ मा मात्र ६२ हजार आप्रवासी स्पेन पुगे ।
माइग्रेसन वाच यूकेले गत सेप्टेम्बरमा बेलायतमा वर्षेनी ७० हजार आप्रवासी गैर कानुनी हुने गरेको तथ्यांक सार्वजनिक गरेको थियो । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले जनाए अनुसार, बेलायतमा सन् २००१ मा करिब चार लाख तीस हजार गैर कानुनी आप्रवासी रहेकामा अहिले यो संख्या झण्डै दश लाख छ ।
गत शुक्रबारमात्र नर्थउम्ब्रीया पुलिसले बेलायतको न्यू कासलस्थित एक घरमा छापा मारेर गैर कानुनी बसिरहेका १० जना चिनिया नागरिकलाई गिरफ्तार गरि स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन