लण्डन । लण्डनको वेलिङमा नेप्लिज युथ नेटवर्क युकेले विविध सांस्कृतिक कार्यक्रम सहित अंग्रेज़ी नयाँ वर्ष भव्यताकासाथ स्वागत गरेको छ ।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको सहयोगमा आइतबार आयोजित कार्यक्रममा गीत, नृत्य, हाजिरीजवाफ, अङ्ग्रेजीलाई नेपालीमा उल्था गर्ने तथा बिङ्गो लगायतका गतिविधिहरु गरिएका थिए ।
नेपाली मूलका बेलायती नेपाली सन्ततिहरुलाई आफ्नो पुर्ख्यौली थलोसंग जोडने, युकेमा रहेका नेपाली युवा युवतीहरूबीच चिनजान गराउने तथा अभिभावक र छोरा छोरीबिचको दूरी कम गराउँदै स्थानीय वासिन्दाहरुसंग एकीकृत गर्ने उद्देश्यले सन् २०१५ मा नेप्लिज युथ नेटवर्क स्थापना गरिएको थियो ।
कार्यक्रममा बोल्दै सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष शेखर वाग्लेले विदेशी भूमिमा हुर्किरहेका नेपाली पुस्तालाई नेपाली भाषा र नेपाली संस्कृतिसंग परिचित गराउनु अत्यन्तै महत्वपूर्ण हुने बताए, उनले यसकालागि अभिभावक स्वयंले आफ्ना बालबालिकालाई प्रोत्साहित गराउनु पर्ने सुझाव पनि दिए । उनले समाजका सदस्य लगायत सबैलाई नयाँ वर्षको अवसरमा शुभकामना पनि दिएका थिए ।
हालै बेलायतको बेडफोर्डबाट डार्टफोर्ड क्षेत्रमा बसाईं सरेका बिदुर घिमिरेले यस्ता कार्यक्रमको माध्यमबाट आफ्ना छोराछोरीले साथी बनाउन सकेको भन्दै कार्यक्रम आयोजकलाई धन्यवाद दिएका थिए ।
भेलाले आगामी दुई वर्षकालागि सिमरन घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा श्रीकृत वाग्ले, निकिता खरेल, अपेक्षा न्यौपाने, सुवास पौडेल, मनस्वी भट्टराई, दीप्ता थापा, यशस्वी भट्टराई, प्रान्जल ओझा, सेजल अधिकारी, सम्राट कोइराला, नियती खरेल, बिराट कोइराला र श्रीना वाग्ले छन् ।
कार्यसमिति सदस्यहरुको आगामी बैठकमा कार्य विभाजन गरी भावी कार्यक्रमको ‘क्यालेन्डर’ पनि घोषणा गर्ने घिमिरेले बताइन् ।
कार्यक्रमको सन्चालन श्रीकृत वाग्ले तथा सम्राट कोइरालाले गरेका थिए । कार्यक्रमको आयोजना गर्न सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका कार्यकारी सदस्य संगम भण्डारी लगायत अन्य पदाधिकारीले सघाएका थिए । कार्यक्रममा झण्डै १२० जना अभिभावक तथा किशोरकिशोरीको सहभागिता थियो ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो