लन्डन । म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युकेको अध्यक्षमा दल जुग्जाली चयन भएका छन् । शनिबार अल्डरसटस्थित द प्यालेसमा भएको छैटौँ अधिवेशनले २७ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कुमार फगामी, लीला पुन र होम रोका, महासचिवमा लाल पुन, सचिवमा विष्णु भण्डारी, कोषाध्यक्षमा पदम गर्बुजा, सहकोषाध्यक्षमा नील प्रसाद पुर्जा रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा गंगाप्रसाद पुर्जा, देउजीत पुर्जा, भक्त रोका, बिल पुर्जा, मनदीप जुग्जाली, बागबीर पुन, टेक बुढाथोकी, नुनु थापा, चित्र बुढा, टकलाल पुन, सुश्री तारा पुर्जा र बिमला गर्बुजा रहेका छन् ।
त्यसैगरी म्याग्दीका विभिन्न क्षेत्रका प्रतिनिधिका रुपमा बेनी नगरपालिका किसान जिसी, मालिका गाउँपालिका साम गुरुङ, अन्नपूर्ण गाउँपालिका तिलक पुन, धौलागिरी गाउँपालिका तारा रोका, रघुगंगा गाउँपालिका राम पुन, मंगला गाउँपालिका तेजेन्द्र रोका सदस्य छन् ।
अधिवेसनको उद्घाटन पूर्व सांसद नरबहादुर पुनले गरेका थिए भने अधिवेसन सम्पन्न गर्नका लागि पूर्व अध्यक्ष उमेश रानाको संयोजकत्वमा सहसंयोजक रत्न शाही र सदस्य लीलामान शेरपुञ्जा निर्वाचन समिति गठन गरिएको थियो । त्यस्तै विधान संशोधनका लागि अमर मल्लको संयोजकत्वमा कृष्ण जुग्जाली र अर्जुन तिलिजा रहेका समिति गठन गरिएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?