लण्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको आयोजनामा लण्डनस्थित प्लमस्टिड वर्किङ म्यान्स क्लबमा यसवर्षको ग्रहशान्ति पूजा तथा प्रवचन सम्पन्न भएको छ । शुरुमा श्रद्धालुहरुले लामबद्ध भएर पूजाका लागि गुरुहरूलाई धार्मिक संस्कार अनुसार बौद्ध प्रार्थनासहित स्वागत गरेका थिए ।
आइतबार भएको कार्यक्रम सेन्टरले गर्ने वर्षभरिको कार्यक्रम मध्येको एउटा महत्वपूर्ण रहेको संस्थाका महासचिव योगेश गुरुङले बताए । उनले कार्यक्रम सञ्चालनका क्रममा कार्यक्रम रुपरेखाबारे बताए ।
नेपालबाट आएका सम्मानित गुरुहरु खिम्पो सन्तोष गुरुङ, हुङ्त्राम सेचुङ लोपोन छिरिङ वाङदु गुरुङ, लामा खुसीमान गुरुङ र स्थानीय लामा धरम गुरुङद्वारा पूजा सम्पन्न गरिएको थियो । पूजा सकिनासाथ खिम्पो सन्तोष गुरुङले बौद्ध धर्मबारे श्रद्धालुहरूलाई संक्षेपमा महत्वपूर्ण उपदेशद्वारा सम्बोधन गरे । श्रद्धालुहरूले कार्यक्रममा गुरुहरूबाट वाङ (अभिषेक) ग्रहण गरेका थिए ।
यस धार्मिक कार्यक्रममा शुरुमा नै द्वीप प्रज्वलन गरिएको थियो । संस्थाका अध्यक्ष सुमलकुमार गुरुङ लगायत सबै संघसंस्थाबाट प्रतिनिधित्व गरेर पूजामा उपस्थित सबैले पूजामा द्वीप प्रज्वलन गरेर प्रार्थना गरे । महासचिवले यसवर्ष दिवंगत भएका सबै परिवारका उपस्थित सदस्यलाई चीर शान्तिका लागि श्रद्धान्जलिस्वरुप द्वीप प्रज्वलन गर्न पालैपालो नाम बोलाएका थिए ।
प्रवचन पश्चात संस्थाका उपाध्यक्ष हितमान गुरुङले सबैलाई स्वागत र धन्यवाद दिँदै संस्थाको गुम्बा निर्माणका लागि सहयोग गर्न आग्रह गरे । संस्थाका वरिष्ठ सल्लाहकार राम गुरुङ र सल्लाहकार तथा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले संस्थाको हितका लागि छोटो मन्तव्य प्रकट गरेका थिए ।
संस्थाकी उपाध्यक्ष मिना गुरुङको संयोजनमा आमा समूहद्वारा भोजन र चियापान व्यवस्था गरिएको थियो । कार्यक्रममा संस्थाका आजिवन सदस्यहरूलाई खिम्पो सन्तोष गुरुङको बाहुलीबाट प्रमाणपत्र वितरण गरियो । त्यसपछि गुरुदक्षिणा दिने क्रममा चारैजना गुरुहरूलाई संस्थाका अध्यक्षले प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रमको अन्ततिर संस्थाका अध्यक्ष गुरुङले उपस्थित सबै सहयोगी श्रद्धालु र गुरुहरूलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन