
लन्डन । पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई ‘क्रिसमस भोज’ ख्वाएका छन् । मातृभूमिका लागि समाजसेवामात्र होइन, बेलायतमा पनि च्यारिटी कर्ममा संलग्न रहंदै आएका गुरुङले शनिबार फोकस्टन टाउनका १६ जना घरवारबिहीनलाई नेपाली खाना प्रवन्ध गरिदिएका हुन् ।
गोर्खा मेमोरियल गार्डेन अफ रिमेम्बरेन्समा आयोजित क्रिसमस पार्टीमा घरवारबिहीनले नेपाल र नेपाली मन, खाना एवं गोर्खाको प्रशंसा गरेका थिए । ‘मैले अझ धेरै सहभागिताका लागि प्रयास गरें तर सकिन’- बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर गुरुङले भने, ‘सर्वत्र क्रिसमस रमझम भइरहेका बेला ति घरवारविहीनहरुको दयनीय अवस्थाले मेरो मन छोयो र आफ्नो क्षमताले भ्याएको गरें ।’
पछिल्लो पटक बेलायतमा घरवारबिहीनहरुको संख्या बढिरहेको पाइएको छ । अफिस फर नेशनल स्टयाटिसटिक्सले केही दिन अघि मात्र सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्ष सन् २०१७ मा कम्तीमा ५९७ घरवारबिहीन नागरिकको सडक वा अस्थायी वसोवास स्थलमा मृत्यु भयो । सरकारले पहिलो पटक सार्वजनिक गरेको उक्त तथ्यांकमा यो मृत्युदर संख्या पांच वर्ष अवधिमा २४ प्रतिशतले बढि हो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?