लन्डन । बेलायतको नेपाली इभेन्टमध्ये हालसम्मकै उच्च पुरस्कार राशी ५ हजार पाउण्डको फुटबल लिग हुने भएको छ । आगामी मे २० देखि २४ सम्म अल्डरसट फुटबल स्टेडियममा इन्टरनेशनल नेपलिज फुटबल लिग खेलाउन लागिएको हो । उक्त लिगको च्याम्पियन टिमले ५ हजार पाउण्ड र रनरअपले २ हजार पाउण्ड नगद पुरस्कार तथा आकर्षक ट्रफी पाउने आयोजकले जनाएका छन् । दिनेश (डिन) श्रेष्ठ, सन्दीप पौडेल र नवीन गुरुङ आयोजक हुन् ।
आयोजकमध्ये एक दिनेश श्रेष्ठले ११ ए साइड उक्त प्रतियोगितामा कुल ३२ टिमले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा फेयर प्ले टिमले २५० पाउण्ड, वेष्ट प्लेयरले ३०० पाउण्ड, टप गोल स्कोररले १५० पाउण्ड र वेष्ट गोल किपरले १०० पाउण्ड र ट्रफी पाउनेछन् ।
उक्त प्रतिष्पर्धामा भाग लिन छिट्टै टिम दर्ता प्रक्रिया खुल्ला गरिने र प्रति टिम ४५० पाउण्ड शुल्क लाग्ने जनाइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार