लण्डन । पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्टस्को नयाँ कार्यालय बुधबार उद्घाटन भएको छ । रसमोर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसन लगायत अतिथिहरुले फार्नब्रो नर्थक्याम्पस्थित सो कार्यालय रिवन काटी समुद्घाटन गरेका थिए ।
सन् २०१६ साल मार्चदेखि फार्नबरोको नर्थ क्याम्पबाट व्यवसाय शुरु गरेको पीपल ग्रुपले आस्फोर्ड र एन्डोबरमा शाखा स्थापना गरिसकेको र आउने जनवरी २०१९ देखि स्वीन्डनमा अर्को शाखा थप्न लागेको सो ग्रुपका डाईरेक्टर सूर्य प्रकाश गुरुङले जानकारी दिए ।
उनले उद्घाटन समारोहका प्रमुख अतिथि स्थानीय मेयर स्टीभ मास्टरसन लगायत अतिथिहरुलाई स्वागत गर्दै पीपलको अर्थ प्रष्टाएका थिए । बुद्धले पीपलकै बोटमुनी बसेर बुद्धत्व प्राप्त गरेको, हिन्दू संस्कारमा पीपलको विशेष महत्व रहेको र बटुवाहरुले थकाई मार्न पीपलकै बोट भएको चौतारीमा बिसाउने प्रचलन नेपालमा भएको उल्लेख गरे । त्यस्तै, उनले जसरी पीपलको बोटले बटुवाको थकानमा शीतल प्रदान गरिरहेको छ, त्यसैगरी पीपल मोर्गेज र पीपल स्टेट एजेन्टस्ले पनि ग्राहकहरुको उद्देश्य परिपूर्ति गर्नका लागि गुणस्तरीय र विश्वासनीय सेवा प्रदान गर्दै आएको बताए । साथै, उनले कम्पनीमा १८ जना स्टाफ कार्यरत रहेको बताउदै ग्राहकहरुबीच छिट्टै ‘वेल्थ म्यानेजमेन्ट’ सेवा समेत ल्याउन लागेको बताए ।
सो अवसरमा रसमोर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसनले नर्थ क्याम्पमा प्रधान कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिए ।
सो ग्रुपले स्थापनाकाल देखि नै परोपकारी क्षेत्रमा समेत योगदान गर्दै आएको छ । सो ग्रुपको दोस्रो वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमबाट संकलित दुई हजार ३६० पाउण्ड गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गरिसकेको छ ।
त्यस्तै, आगामी मार्चमा आयोजना गर्न लागिएको तेस्रो वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमबाट कम्तिमा दुई हजार ५०० पाउण्ड संकलन गरी नेपालमा चेलीबेटी बेचबिखन विरुद्ध काम गर्दै आएको ‘आशा नेपाल’ नामक संस्थालाई आर्थिक सहयोग गरिने ग्रुपका डाइरेक्टर गुरुङले जनाए ।
सो अवसरमा एनआरएनए युके अध्यक्ष योगकुमार फगामी, रसमुर बरो काउन्सिलका डिपुटी लिडर काउन्सिलर केन मुसचाम्प ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहामगर, काउन्सिलर आलेक्स क्रफोर्ड, पिटर क्रेरर, लिज क्रोप्स, बर्वरा हर्सट्, क्युओजिएलआरका गोर्खा मेजर चक्र बहादुर खत्री, गोर्खा इन्फरमेशन म्यानेजमेन्टका निर्देशक पूर्ण गुरुङ, गोर्खा मिडियाका मिलन तमु, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष पूर्ण गुरुङ, बेसपोक इन्स्योरेन्सका किम डेविज, मिसाली रेन्डरर्स र जेर्मी पेरीनको उपस्थिति थियो ।
स्मरण रहोस्, यस अघि पनि पीपल ग्रुपको नर्थ क्याम्पमै कार्यालय थियो । सोही कार्यालयबाट नजिकै पहिला लोयड्स बैंक रहेको भवनमा कार्यालय सारिएको हो ।
स्थानीय काउन्सिलका प्रतिनिधि, नेपाली संघसंस्थाका अग्रज र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको सो उद्घाटन कार्यक्रम ग्रुपकी शान्ति लिम्बुले संचालन गरेकी थिइन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ