लन्डन- २५ मङ्सिर – बेलायतकी प्रधानमन्त्री टेरेजा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बारे पुनः छलफल गर्न युरोपेली नेताहरुसँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली नेताहरुको समर्थन खोज्नु हुनेछ ।
युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकामा आश्चर्य व्यक्त गर्नुभयो । “म आश्चर्यचकित भएको छु किनभने हामीले नोभेम्बर २५ मै यस बारेमा सम्झौता गरिसकेका छौं,” उहाँले भन्नुभयो ।
“मैले आज साँझ बेलायती प्रधानमन्त्रीलाई भेट्दैछु र मैले भन्ने कुरा के छ भने हामीले यसअघि गरेको सम्झौता सबैभन्दा राम्रो थियो, र यो नै उत्तम हो,” जन्करले बताउनुभयो ।
प्रधानमन्त्री मेले युरोपेली परिषदका प्रमुख डोनाल्ड टस्कसँग पनि भेट्नुहुनेछ । उहाँहरुबीच बिहीबार आपतकालीन ब्रेक्जिट वार्ता गर्नेगरी तय भएको छ । टस्कको कार्यालयले बेलायती प्रधानमन्त्री मे दी हेगको भ्रमण पश्चात् ब्रसेल्स आउने जनाएको छ । उहाँले नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट र जर्मन चान्सलर एन्जेला मर्केलसँग बर्लिनमा भेटघाट गर्नुहुनेछ ।
सोमबार, ब्रेक्जिट सम्झौतालाई बेलायती संसदबाट पारित गर्ने कार्यक्रम प्रधानमन्त्री मेले हाल स्थगित गर्नुभएको छ । उहाँले ब्रेक्जिट सम्बन्धी सम्झौताका बारेमा संसदमा मतदान गर्नुअघि युरोपेली नेताहरुको समर्थन लिन खोज्नुभएको छ । तथापी, युरोपेली युनियनसँग यसअघि नै ब्रेक्जिटबारे सम्झौता भइसकेको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे