लण्डन । गत भदौ महिनामा सल्यानमा आएको पहिरोमा घरसहित आमाबाबु, भाइबहिनी गुमाएका तीन दलित बालिकालाई युकेबाट सहयोग गरिएको छ ।
क्याट्रिकमा रहेको ब्रिटिश गोरखाज एण्ड नेपलिज कम्युनिटी (बीजीएण्डसी) ले सल्यान बागचोर नगरपालिका–४, बागचोरकी १३ वर्षीया कमला विक, १० वर्षीया पुतला विक र ८ वर्षीया सुनिता विकलाई ५ लाख रुपियाँ सहयोग गरेको हो ।
साे बारेमा कान्तिपुरमा समाचार छापिएपछि कम्युनिटीले ज्ञानेन्द्र आलेको संयोजकत्वमा ‘कमला, पुतला, सुनिता बिक सहयोग अभियान’ शुरु गरेको थियो । सो अभियानमा १०० जनाभन्दा बढी व्यक्ति र संस्थाले सहयोग गरी ३ हजार ४९८ पाउण्ड २६ पेन्स सहयोग संकलन भएको थियो ।
सो रकम जनता बैँक थारमारे, सल्यानमा बालिकाहरुको बाजेको नाममा बैँक खातामा जम्मा गरिएको छ । पाँच वर्षपछि बालबालिकाकाे अाफ्नै खाता भएपछि सो रकम बालकालिकालाई नै हस्तान्तरण गरिने बताइएको छ ।
कम्युनिटीका अध्यक्ष राम मल्ल, अभियान संयोजक नन्दराज राई र ज्ञानेन्द्र आलेले एक विज्ञप्ति प्रकाशित गरी सहयोगदाता सबैलाई धन्यवाद दिएका छन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे