लन्डन । ब्रिटेनले युरोपेली संघ (ईयू) छाडेपछि देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने सरकारले नै गरेको एक अध्ययनले देखाएको छ ।
ब्रिटिश सरकारद्वारा गत साता प्रकाशित एक प्रतिवेदनले जुनसुकै परिस्थितिमा युरोपेली संघ छाडे पनि त्यो ब्रिटिश अर्थतन्त्रकालागि नोक्सानदायी हुने जनाइएको छ ।
ब्रिटिश अर्थमन्त्री फिलिप हयामण्डले ईयू छाडेपछि ब्रिटेनको अर्थतन्त्र केही खुम्चने तर प्रधानमन्त्री टेरेजा मेले प्रस्ताव गरेको सम्झौतापछि अर्थतन्त्रमा आउने चुनौतीहरु व्यपस्थापन गर्न सकिने खालको भएको दावी गरेको बीबीसीले उल्लेख गरेको छ ।
त्यस्तै ब्रिटेनको केन्द्रीय बैंक बैंक अफ इंल्ल्याण्डले ब्रिटेनले ईयू छाडेपछि अन्तर्राष्ट्रिय व्यापारमा नयां व्यवधानहरु आउनसक्ने र त्यसले गर्दा ब्रिटिश अर्थतन्त्र आउंदो पांच वर्षभित्र ०.७५ प्रतिशतले खुम्चिन सक्ने जनाएको छ । तर यदि प्रधानमन्त्री मेले युरोपेली संघसंग बिना भन्सार अवरोध व्यापार सम्झौता गर्नसकेमा अर्थतन्त्र १.७५ प्रतिशतले बढ्नसक्ने पनि बैंकले जनाएको छ ।
गत सातामात्र बेलायत युरोपियन युनियन (ईयू) बाट बहिगर्मन सम्बन्धि सम्झौता २७ देशका ईयू नेताहरुले अनुमोदन गरेका थिए ।
दोश्रो जनमत संग्रह माग गरिरहेको एउटा समूहले प्रधानमन्त्री मेको डिलले सन् २०३० भित्र बेलायतको अर्थतन्त्र ४ प्रतिशतले खुम्चने दावी गरेको छ । दि नेशनल इन्सटिच्यूट फर इकोनोमिक एण्ड सोसियल रिसर्चले नयां व्यापार अवरोधका कारण बेलायतबाट सेवा विक्री गर्न असहज हुने र लगानीलाई हतोत्साहित गर्ने बताएको छ ।
बिना सम्झौता बेलायत बाहिरिए त्यो झन् सन् २००८ को आर्थिक मन्दीभन्दा पनि बढि प्रतिकुल हुने सरकारको बुझाइ छ । बिना सम्झौताले बेलायतको अर्थतन्त्र ७ दशमलव ७ प्रतिशत खुम्चन सक्ने बताइएको छ । ब्रेक्जिटले अर्थतन्त्रका केही प्रमुख क्षेत्र प्रभावित हुने चिन्ता सरकारको छ । सरकारी अधिकारीहरुले अटो, रसायन र औषधिको व्यापार ईयूसंग बढि आश्रित भएकाले नो डिल भए दीर्घकालमा २० प्रतिशतसम्म खुम्चने अनुमान गरेका छन् ।
ब्रिटेन युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) को ५८५ पृष्ठ लामो दस्तावेज अनुसार ब्रिटेनले ईयू छाड्दा ३९ अर्ब पाउण्ड तिर्नुपर्ने, बेलायत र ईयू देशका नागरिकहरुको हक अधिकार सुनिश्चितता र भविष्यमा व्यापार सम्बन्धी वार्ता रोकिएपनि उत्तरी आयरल्याण्ड र आयरल्याण्ड बीचको सीमा नरोकिने कुरा उल्लेख छन् । तर, यो सम्झौता बेलायतको संसदले अनुमोदन गर्नुपर्नेछ जुन सहज देखिन्न ।
बेलायतले आगामी २९ मार्च २०१९ मा ईयू छाड्ने तालिका छ ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता