लन्डन । चितवन एड ट्रस्ट यूके (क्याट यूके) ले आपतकालिन राहत कोष अभिवृद्धिका लागि भोलि आइतबार लन्डनमा एउटा वृहत च्यारिटी कार्यक्रम गर्ने तयारी पुरा गरेको छ ।
२ डिसेम्बर सांझ हयारो बरो फुटबल क्लवमा च्यारिटी कार्यक्रम गर्ने तयारी भएको हो ।
च्यारिटी कार्यक्रममा हांस्यकलाकार मनोज गजुरेल र अर्की चितवनवासी लोकगायिका सरिता गुरुङ श्रेष्ठको विशेष प्रस्तुति हुने आयोजकले जनाएका छन् । च्यारिटी संयोजक एवं क्याट यूके सल्लाहकार शान्ताविनोद लामिछानेले १० हजार पाउण्ड प्रतिवद्धता आइसकेको जनाए । लामिछानेले पवित्र उद्देश्यका लागि आयोजना गरिएको कार्यक्रममा चितवनवासी र अन्य नेपालीलाई उपस्थितिका लागि अपिल पनि गरे । चितवन एड ट्रष्टद्वारा भविष्यमा प्रदान गरिने राहत सहयोगकालागि र निर्माणाधिन प्रोजेक्टहरु सम्पन्न गर्न अक्षयकोष स्थापनार्थ च्यारिटी आयोजना गरिएको संस्थाले जनाएको छ ।
चितवन जिल्लाबाट बेलायत आइ विभिन्न पेशा र व्यवसायमा संलग्न चितवनवासीहरुको साझा संस्थाका रुपमा संस्था अघि बढेको छ । सन् २००४ मा स्थापना भएपछि संस्थाले उल्लेख्य मानव कल्याणकारी कार्यहरु गरेको छ । संयोजक शान्तविनोद लामिछानेका अनुसार, संस्थाका मुख्य कल्याणकारी कार्य निम्न छन्-
-डा. महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग £1796.00 (2018)
-श्री राष्ट्रिय आधारभूत विद्यालय माडीलाई आर्थिक सहयोग £2694.00 (2018)
-श्री राष्ट्रिय प्राथमिक विद्यालय बद्रहानलाई आर्थिक सहयोग £1796.00 (2018)
-भरतपुर आँखा अस्पतालमा आइ बैंक स्थापना गर्न हालसम्मको सहयोग £10,000.00 (2017)
-बेलायतमा प्रस्तावित नेपाल भवन स्थापना गर्न एनआरएन युकेलाई सहयोग £1,000.00 (2017)
-चितवनस्थित मानव सेवा आश्रमलाई सहयोग NRs 50,000.00 (2016)
-भूकम्पबाट क्षतिग्रस्त कविलास चितवनस्थित राष्ट्रिय प्रावि ढोढेनीको भवन पुनर्निर्माणकालागि सहयोग £9778.60 (2015)
-भूकम्पबाट क्षतिग्रस्त दहखानी चितवनस्थित राष्ट्रिय मावि गर्दशाको भवन पुनर्निर्माणकालागि सहयोग £9146.00 (2015)
-नेपाली दूतावासमार्फत भूकम्पपीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग £2,000.00 (2015)
-चितवनको कान्दामा चेपाङ समुदायकालागि आवास निर्माण गर्न सहयोग £625.00 (2015)
-चितवन साहित्य परिषद्को भवन निर्माणकालागि सहयोग £862.00 (2015)
-अन्त्योदय आवासीय माध्यमिक विद्यालयद्वारा स्थापित अक्षय कोषकालागि आर्थिक सहयोग (2014)
-हेल्प नेपाल नेटवर्कको अक्षय कोष स्थापना अभियानकालागि आर्थिक सहयोग (2013)
-नेप्लीज नर्सिङ एसोसियसन युकेसंगको सहकार्यमा देवघाट, चितवनमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण (2012)
-आश्रयविहीन बालबालिकाहरुकालागि आवास बनाउन सन्चालित ‘हाम्रो घर’ परियोजनाकालागि आर्थिक सहयोग (2012)
-चितवन एफएममा स्वास्थ्य सचेतना वृद्धि संबन्धी कार्यक्रम एक वर्षसम्म सन्चालन गर्न आर्थिक सहयोग प्रदान (2011)
-चितवनको अयोध्यापुरी गाउँकालागि एम्बुलेन्स प्रदान (2011)
-स्वास्थ्यकर्मीहरुको सहयोगमा चितवनको माडीमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण (2008)
-बाँदरमुढे घटनाकी पीडित साबित्री ढकाललाई आर्थिक सहयोग (2005)
-वि.सं २०६२-६३ को जनआन्दोलनका घाइतेहरुको जीवन बचाउन रगत किन्न आर्थिक सहयोग प्रदान (2005)
-स्वास्थ्यकर्मीहरुको सहयोगमा चितवनको कविलासमा निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण (2004)
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ