लण्डन । म्याग्दी रघुगंगा गाउँपालिका वडा न. ७ चिमखोला घर भई हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काईंला) नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका छन् ।
लामो समय विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीका लागि सामाजिक सेवा, पत्रकारिता तथा साहित्य क्षेत्रमा विशेष योगदान पुरयाएवापत उपराष्ट्रपतिले पुनलाई सम्मान गरेका हुन् ।
पत्रकार चिम्खोले काईंला एभरेस्ट टाइम्स साप्ताहिक युकेका प्रवन्ध निर्देशक तथा सम्पादक हुन् । उनको सक्रिय योगदानका कारण एभरेस्ट टाइम्स साप्ताहिक युकेले हालै दशौं बार्षिकोत्सब मनाउन सफल भएको छ ।
चिम्खोले काईंला ब्रिटिश सेनाको अवकाश प्राप्त वारेन्ट अफिसर हुन् भने उनी ‘मार्केटिङ एण्ड इनोभेसन’ विषयमा मास्टर डिग्री अध्ययनरत छन् । प्रबन्ध निर्देशक चिम्खोले काईंला अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ युकेमा आवद्ध छन् ।
साहित्यकार चिम्खोले काईंलाको हालसम्म ‘सुन्दन्ते’ र ‘युकेको जिन्दकी’ कविता संग्रह तथा ‘अर्ली भाई’ कथा संग्रह प्रकाशित छन् । उनले ‘युकेतिर जाउली’ लोक दोहोरी एल्बम, ‘लण्डनको कोशेली’ आधुनिक गीति एल्बम र ‘द वेष्ट अफ चिम्खोले काइँला’ डिभिडी निर्माण गरेका छन् भने उनले चलचित्र ‘मेजर पेन्सन खाउली’ पनि बनाएका छन् ।
साहित्य तथा गीत संगीत संगसंगै बोकेर हिड्ने चिम्खोले काईंला देश बिदेशमा रहेका विभिन्न साहित्यिक तथा गीत संगीतसम्वद्ध संघ संस्थाहरुमा आवद्ध छन् ।
चिम्खोले काईंला पेशाले संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी हुन् भने उनी मगर संघ युकेका निवर्तमान अध्यक्ष हुन् । लगनशीलता, अनुशासन, अनुभव, इमान्दारिता, बफादारिता, दक्ष तथा कुशल कार्यक्षमताले गर्दा नेपालका उपराष्ट्रपतिद्वारा चिम्खोले काईलाले यो सम्मान पाउन सफल भएका हुन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने