
लन्डन । नेकपाका नेता माधवकुमार नेपालले बेलायतस्थित नेपाली समुदायलाई बेलायतमै राजनीति गर्न सुझाव दिएका छन् । पूर्व एमाले र माओवादी केन्द्रको संयुक्त आयोजनामा आइतबार बेलायतस्थित अल्डरसटमा भएको अन्तरक्रियामा नेता नेपालले उक्त सुझाव दिएका हुन् ।
‘कर्मभूमिमा चुनाव लड्ने अनि हारेपछि जन्मभूमिमा आएर टिकट माग्ने काम छाडनुहोस्’- पूर्वप्रधानमन्त्री नेपालले सामाजिक तथा राजनीतिक अगुवा सामु भने । यता चुनाव लड्ने अनि हारेपछि उता जाने र टिकट माग्ने काम बन्द गर्न उनको आग्रह थियो ।
राजनीति र जातीय संस्थामा लागेका बेलायतवासी नेपालीलाई सम्वोधन गर्दै नेता नेपालले गैरआवासीय नेपालीलाई आफू बसेको देशमा मेयर, सांसद भएको देख्ने चाहना आफ्नो भएको बताए । नेपाली भएको घना वस्तीमा एक भएर निर्वाचनमा होमिन उनले आग्रह गरे । उनले बेलायतस्थित राजनीतिक, जातीय र सामाजिक अभियन्ताहरुलाई नेपाली नेपालीबीच खुट्टा तान्ने बानी छाडेर हात समात्ने बानी गर्न आग्रह गरे ।
प्रवासी नेपाली मञ्च बेलायतका कार्यवहाक अध्यक्ष रामजी बरालको अध्यक्षतामा भएको अन्तरक्रियामा बोल्दै नेता नेपालले भूतपूर्व गोर्खाको समस्या सामाधान गर्न सरकारले वार्ता गरिरहेको बताए ।
उनले गोर्खा समस्या समाधान गर्न सरकार अग्रसर भएकाले विगत र वर्तमान समस्या समाधान हुने विश्वास व्यक्त गरे । गोर्खामा महिला भर्ति केन्द्रका बारेमा भने थप परामर्श गर्नुपर्ने धारणा नेपालले राखे । यसअघि नेता नेपालले महिलालाई गोर्खा सैनिकमा भर्ना गर्न नहुने धारणा राखेका थिए ।
गैरआवासीय नेपालीलाई नागरिकता निरन्तरता दिन सरकार तयार रहेको उनले बताए । तर, उक्त नागरिकता राजनैतिक अधिकार नहुने नेता नेपालले स्पष्ट पारे । कार्यक्रममा नेपालले पार्टी एकीकरण अभियान चाडो टुगिंने जानकारी दिए ।
महासचिव विजय लिङदेलले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रगतिशील मञ्च यूकेका ठाकुर शर्माले स्वागत भाषण गरेका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे