लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले बेलायती नेपालीहरुको नागरिकता माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
किरात धर्म तथा साहित्य उत्थान संघ बेलायतले आइतबार फार्नबरोमा आयोजना गरेको १३४ औं महागुरु फाल्गुनन्द जयन्ती समारोहमा उनले नेपालको राजनीतिक स्थिरता कायम भएकोले काम गर्न सजिलो भएको जनाउंदै उक्त माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
उनले सबै किराँतीहरुमा एक हुन पनि जोड दिएकी छन् । उनले किराँत समुदायको पहिचानका लागि एकताका साथ अघि बढन आग्रह गरिन् ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले प्रवासमा कला, संस्कार संस्कृतिको लागि आफनो पहिचान कायम गर्ने नयाँ पुस्ताको उपस्थिति महत्वपूर्ण भएको बताए । मुन्धुम गायक ब्रबिम शेर्माले मुन्धुम र मांगेनाको चर्चा गरे ।
किराँत याक्थुंग चुम्लुंग युकेका अध्यक्ष तिलबिक्रम सम्वाहाम्फेले फाल्गुनन्दको जयन्ती मनाउनु सकारात्मक काम भएको उल्लेख गरे ।
कार्यक्रममा किराँत मांगहिमको निर्माणको लागि बिश्वासदीप तिगेलाले एकतोला सुन प्रदान गरेका थिए भने लिम्बु समुदायमा उच्च शिक्षा हासिल गर्ने बिद्यार्थीलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष राम कुमार सिंथेबेको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव लाल लिंगदेनले सञ्चालन गरेका थिए ।
यसअघि महागुरुलाई सम्झने क्रममा विश्व शान्ति तथा मानव एकताको लागि सेवा पूजा तथा माङ्लाङ नाच नाचिएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे