लण्डन । बेलायत भ्रमणमा रहेकी उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले बेलायती नेपालीहरुको नागरिकता माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
किरात धर्म तथा साहित्य उत्थान संघ बेलायतले आइतबार फार्नबरोमा आयोजना गरेको १३४ औं महागुरु फाल्गुनन्द जयन्ती समारोहमा उनले नेपालको राजनीतिक स्थिरता कायम भएकोले काम गर्न सजिलो भएको जनाउंदै उक्त माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
उनले सबै किराँतीहरुमा एक हुन पनि जोड दिएकी छन् । उनले किराँत समुदायको पहिचानका लागि एकताका साथ अघि बढन आग्रह गरिन् ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले प्रवासमा कला, संस्कार संस्कृतिको लागि आफनो पहिचान कायम गर्ने नयाँ पुस्ताको उपस्थिति महत्वपूर्ण भएको बताए । मुन्धुम गायक ब्रबिम शेर्माले मुन्धुम र मांगेनाको चर्चा गरे ।
किराँत याक्थुंग चुम्लुंग युकेका अध्यक्ष तिलबिक्रम सम्वाहाम्फेले फाल्गुनन्दको जयन्ती मनाउनु सकारात्मक काम भएको उल्लेख गरे ।
कार्यक्रममा किराँत मांगहिमको निर्माणको लागि बिश्वासदीप तिगेलाले एकतोला सुन प्रदान गरेका थिए भने लिम्बु समुदायमा उच्च शिक्षा हासिल गर्ने बिद्यार्थीलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष राम कुमार सिंथेबेको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव लाल लिंगदेनले सञ्चालन गरेका थिए ।
यसअघि महागुरुलाई सम्झने क्रममा विश्व शान्ति तथा मानव एकताको लागि सेवा पूजा तथा माङ्लाङ नाच नाचिएको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने