लन्डन । नोभेम्बर २४ तारिख शनिबार लन्डनमा अधिवेशन गर्ने तयारीमा जुटेको नेपलिज नर्सिङ एसोसिएसन यूकेको अन्तिम बैठकले विभिन्न विषयमा छलफल गरेको छ ।
बैठकले निर्वाचन पर्यवेक्षकमा कानुनवीद सोलिसिटर राजु थापालाई छनोट गर्ने निर्णय गरेको छ । यसअघि संस्थापक अध्यक्ष अजिता सिम्खडाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भइसकेको छ, जसमा पूर्व अध्यक्षद्वय बासु लामिछाने र सुशिला कार्की तथा सल्लाहकारहरु मन सुनुवार र कमला पाण्डे सदस्य छन् ।
बैठकमा एसोसिएसन अध्यक्ष प्रसुना कंडेलले कतिपय नयां सदस्यहरुले संस्था स्थापना भएको दिन अगष्ट २४ मा वार्षिक साधारणसभा नगरिएकोबारे र ‘च्यारिटी कमिसन’ दर्ता विषयमा स्पष्ट पारेकी थिइन् । पूर्व अध्यक्ष सुशिला कार्कीले संस्थाको विधान संशोधनबारे बताइन् ।
बैठकमा ‘अनलाइन भोटिङ’ गर्ने वा नगर्ने सम्वन्धमा पनि व्यापक छलफल भएको थियो तर अन्तिममा उपयुक्त श्रोत साधन अभावका कारण त्यो प्रणाली अहिले नअपनाउने निर्णय बैठकले गरेको छ ।
निर्वाचन समिति संयोजक अजिता सिम्खडाले चुनावी प्रक्रियाको समेत तयारी भइरहेको जनाइन् । सिम्खडाका अनुसार, समयसीमाभित्र एसोसिएसनको सदस्यता लिएका व्यक्तिमात्र उम्मेदवार र मतदानका लागि योग्य हुनेछन् । गत १० तारिख नोभेम्बर मध्यरातदेखि नयां सदस्यता लिने र नवीकरणको म्याद सकिएको छ । नयां सदस्य बन्न र नवीकरण गर्न अझै मिलेपनि ति सदस्यहरुले मतदानमा भाग लिन भने पाउने छैनन् ।
छैठौं नयां कार्यसमितिका लागि उम्मेदवार बन्न इच्छुकलाई ११ नोभेम्बरदेखि आवेदन खुलेको संस्थाले जनाएको छ । १८ नोभेम्बर मध्यरातबाट यो आवेदन बन्द हुनेछ । २१ नोभेम्बरका दिन उम्मेदवारी फिर्ता र उम्मेदवार एवं अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सांस्कृतिक सचिव र ८ जना सदस्य गरि कुल १५ सदस्यीय नयां कार्यसमिति बन्ने अध्यक्ष कंडेलले जनाइन् ।
यसैबीच, एसोसिएसनको नयां नेतृत्वका लागि वर्तमान उपाध्यक्ष विनोद विकास सिम्खडा र संस्थापक सचिव इन्दिरा बस्यालले आकांक्षा व्यक्त गरेका श्रोतले जनाएको छ । आजीवन सदस्य बस्याल दुई कार्यकाल सचिव भएर बीचमा अध्ययनतिर लागेकी थिइन् । सिम्खडाले महासचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन् । केही आकांक्षीका नाम आएपनि संस्थापन पक्ष सहमतिमै नेतृत्व चयन गर्न लागिरहेको जनाइएको छ ।
उम्मेदवारीका लागि यो इमेल [email protected] प्रयोग गर्न संस्थाले आग्रह गरेको छ । अध्यक्ष कंडेलले अधिवेशन सफल बनाउन सबै सदस्यहरुलाई सहभागिताका लागि आव्हान गरेकी छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो