लण्डन । नेपाल इन्जिनियर्स एसोसिएनको मंसिर २८ गते हुने ३२ औँ अधिवेसनमा नेपाल इन्जिनियर्स एसोसिएसन युके केन्द्रबाट तीन जनाले भाग लिने भएका छन् ।
केन्द्रको शनिबार ग्रीनफोर्ड, लण्डनमा भएको भेलाले सो अधिवेसनमा सहभागी हुनका लागि अध्यक्ष तेजेन्द्र रोका, महासचिव लोकराज सिंह र सल्लाहकार केदार पन्तलाई पठाउने निर्णय गरेको हो ।
यसैगरी भेलामा केन्द्रका सदस्यहरुबीच २०७५ सालको तिहारको शुभकामना आदानप्रदान गरिएको थियो ।
भेलाले विगत एक वर्षको अवधिको समीक्षा गर्दै भावी कार्ययोजनाका बारेमा छलफल गरेको अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाले जानकारी दिए ।
उनले केन्द्रले आगामी दिनमा वर्षको एउटा व्यवसायिक सेमिनार आयोजना गर्ने बताए । त्यस्तो सेमिनार सदस्यहरुसित परामर्श लिई उनीहरुको चाहनाअनुसारको विषयमा गरिने बताइएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक