लण्डन । नेपाल इन्जिनियर्स एसोसिएनको मंसिर २८ गते हुने ३२ औँ अधिवेसनमा नेपाल इन्जिनियर्स एसोसिएसन युके केन्द्रबाट तीन जनाले भाग लिने भएका छन् ।
केन्द्रको शनिबार ग्रीनफोर्ड, लण्डनमा भएको भेलाले सो अधिवेसनमा सहभागी हुनका लागि अध्यक्ष तेजेन्द्र रोका, महासचिव लोकराज सिंह र सल्लाहकार केदार पन्तलाई पठाउने निर्णय गरेको हो ।
यसैगरी भेलामा केन्द्रका सदस्यहरुबीच २०७५ सालको तिहारको शुभकामना आदानप्रदान गरिएको थियो ।
भेलाले विगत एक वर्षको अवधिको समीक्षा गर्दै भावी कार्ययोजनाका बारेमा छलफल गरेको अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाले जानकारी दिए ।
उनले केन्द्रले आगामी दिनमा वर्षको एउटा व्यवसायिक सेमिनार आयोजना गर्ने बताए । त्यस्तो सेमिनार सदस्यहरुसित परामर्श लिई उनीहरुको चाहनाअनुसारको विषयमा गरिने बताइएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय