लण्डन । महान चाड दिपावलीको शुभ अवसरमा बेलायतका युवाहरूले देउसी भैलो कार्यक्रम गरेका छन् ।
नेप्लीज युथ एसोसिएसन युकेका सदस्यहरुले शुभकामना आदान प्रदान गर्दै युकेको डोभर र फोल्कस्टोनमा देउसी भैलो कार्यक्रम गरेका हुन् ।
नयाँ पुस्तालाई संस्कृति जोगाउन प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उदेस्य रहेको नेप्लीज युथ एसोसिएसन युके महिला संयोजक अमृता गिरी गजुरेलले बताइन् ।
कार्यक्रममा गिता बस्नेत पाण्डे, सुस्मीता थापा, अमृता गिरी गजुरेल, अन्जु श्रेष्ठ, खगेन्द्र थापा, किरण गुरूङ, नवीन थापा लगायत युवाहरूले बिभिन्न गीत/संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
देउसी भैलो कार्यक्रम सुरू गर्नु अगाडि नै प्रत्येक घरमा कार्यक्रम सम्वन्धी सूचना दिन ‘लिफ्लेट’ बांडिएको थियो ।
कार्यक्रममा नेपालीपन झल्कने गरी युवाहरूले दिपावलीको मौलिक परम्परा अनुसार देउसी भैलेनी गीत गाउँदै विभिन्न नृत्य प्रस्तुत गरे ।
कार्यक्रमको समग्र नेतृत्व संयोजक अन्जु श्रेष्ठले गरेकी थिइन् ।
नेप्लीज युथ एसोसिएसन युकेका अध्यक्ष धिरज राईले कार्यक्रम महत्वपूर्ण र मनोरन्जनात्मक रहेको भन्दै आगामी वर्षमा पनि निरन्तरता दिन अनुरोध गरेका छन् ।
नेपाली मौलिक कला संस्कृति जोगाउन युवाहरूलाई यस्ता कार्यक्रमहरू गर्न सबैले साथ र सहयोग गर्नुपर्ने एनआरएनए युके उपाध्यक्ष तथा नेप्लीज युथ एसोसिएसन युकेका वरिष्ठ सल्लाहकार प्रेम गाहामगरले बताए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे