लण्डन । नेपाली जनसम्पर्क समिति बेल्जियम (नेजसस बेल्जियम) ले पूर्व अध्यक्ष गंगाधर गौतमलाई साधारण सदस्य समेत नरहने गरी ४ वर्षलाई निष्कासन गरेको छ । अध्यक्ष सीता सापकोटा र महामन्त्री दिनेशप्रसाद भन्डारीले एक विज्ञप्ति प्रकाशन गर्दै यस्तो कार्वाही गरिएको जनाएका छन् ।
गौतम नेपाली जनसम्पर्क समिति युरोपमा महामन्त्री समेत रहेका छन् ।
यसैगरी, नेजसस बेल्जियमका अर्का महामन्त्री सुभाष गुरुङलाई पदबाट बर्खास्त गरिएको छ । गुरुङलाई पनि ४ वर्षका लागि निष्कासन गरिएको छ ।
यसैबीच, बेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति औपचारिक रुपमा विभाजन भएको छ । नेपाली जनसम्पर्क समितिका महामन्त्री सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सीता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।
भेलाले गुरुङको सभापतित्वमा १५ सदस्सीय नयाँ कार्यसमिति घोषणा गरेको छ । समितिको उपसभापति गजेन्द्र बोगटी, महामन्त्री अनुजा प्रधान, सहमहामन्त्री सूर्य बहादुर गुरुङ, कोषाध्यक्ष पार्वता शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा गोविन्द सिंह अधिकारी, भाइथेवा तामाङ (जुमकाजी), विनोद पौडेल, नन्दराज घले, चिनीमाया तामाङ, राधा प्रधान, शरद क्षेत्री, सागरदास श्रेष्ठ, शिव खरेल र शैलेश मल्ल छन् ।
सभापति सीता सापकोटाले पार्टीभन्दा गुट चलाएको आरोप गुरुङ पक्षले लगाएको छ । गुरुङले प्रजातान्त्रिक पार्टीको बैठकमा राय समेत राख्न नदिने सभापतिलाई अब नमान्ने बताए । गुरुङले भने, ‘उहाँ मनोमानी रुपमा अगाडी बढ्नु भयो, यो नेपाली कांग्रेसको चरित्र होइन । कांग्रेस नेता रामचन्द्र पौडेल यहाँ आउँदा सबै कार्यकर्तासंग भेट्न समेत बन्देज लगाइयो । यो सबै ब्यक्तिबादी सोचको उपज हो ।’ सापकोटाको नेतृत्वमा सबै नेता तथा कार्यकर्ता बस्ने अवस्था नरहेका कारण छुटै संगठित भएर अगाडी बढ्ने निर्णय गरिएको गुरुङले बताए ।
गुरुङले नयाँ कार्यसमितिको बैठक २८ अक्टोवरमा बस्ने निर्णय भएको जानकारी दिंदै सो बैठकबाट सबै कांग्रेस कार्यकर्ताहरुलाई समेटर लैजाने वताए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे