
प्रधानमन्त्री केपी शर्मा ओलीबाट दशैँका अवसरमा शनिबार बालुवाटारमा टिका लगाएपछि प्रधानमन्त्री र प्रथम महिला राधिका शाक्यका साथमा शिक्षा सदन कीर्तिपुरमा अध्ययनरत बालबालिकालगायत । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, ३ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ ।
सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले सामूहिक टीका लगाइदिनुभएको हो ।
सो अवसरमा बालबालिकाले गायनलगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए भने प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था र उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकसँग चासो राखी राम्रो शिक्षा दिन आग्रह गर्नुभएको थियो ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै