लण्डन । यसवर्षको युके डान्स अफको उपाधि रजनी गुरुङले जितेकी छिन् । अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । उनले पब्लिकको भोट पनि सबैभन्दा धेरै पाइन् ।
प्रतियोगितामा बेनुका लिम्बु दोस्रो र सिर्जना रायमाझी तेस्रो भए । विजेता गुरुङलाई एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ र कमल गुरुङ, एनआरएनए युकेका संरक्षक सूर्य गुरुङ, प्रतियोगिताका आयोजक सपनकुमार राई र मञ्जु गुरुङले नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरे ।
प्रतियोगितामा नायिका मिरुना मगर, युके डान्स अफकी पूर्व विजेता जेनी सुनुवार र पर्चा प्रोडक्सनका समिर गुरुङ निर्णायक थिए भने नेपाल आइडलका विजेता बुद्ध लामा अतिथि निर्णायक थिए ।
प्रतियोगिताको उदघाटन समारोहमा शुभकामना मन्तब्य दिँदै बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले प्रवासमा नेपालीहरुले एकताको सन्देश फैलाउनु पर्ने बताए । उनले नेपाली कला सँस्कृतिको जगेर्ना र भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली भएर बाँच्न र नेपाली भएर मर्न पनि सबैलाई अपील गरे ।
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले यस्ता प्रतियोगिताले बेलायतमा रहेका युवा पुस्ताको प्रतिभा उजागर गर्न महत्वपूर्ण सहयोग गर्ने बताए ।
सपन इन्टरटेनमेण्टको आयोजनामा भएको सो कार्यक्रमको सभापतित्व कलाकार सपनकुमार राईले गरेका थिए भने स्वागत मन्तब्य मञ्जु गुरुङले गरेका थिए । कार्यक्रम संचालन सूर्य गुरुङ र दिनेश रोकाले गरेका थिए ।
प्रतियोगितको मुख्य स्पोन्सर कमल गुरुङ र पूनम गुरुङ थिए भने प्रथम पुरस्कारको स्पोन्सर रवि लामिछाने, दोस्रो पुरस्कार नमूना हेयर सैलुन र तेस्रो पुरस्कार एनआरएनए युकेले गरेको थियो । प्रतियोगितामा सहभागी, स्पोन्सर, मिडिया पार्टनरहरुलाई प्रसंशापत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा दिप्सन घले, सुष्मिता गिरी, निशा गुरुङ, रजनी गुरुङ, शुभेच्छा गुरुङ, बेनुका लिम्बु, सलिना थापामगर, शुभेच्छा भारती मगर, श्रेया महर्जन, रीता पुन, सिर्जना रायमाझी र ओसिन लिम्बुले भाग लिएका थिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे