लण्डन । नेप्लीज ब्रिटिश कम्युनिटी युकेले दशैं शुभकामना साँझ गर्ने भएको छ। विदेशी भूमिमा पनि नेपाली राष्ट्रियता, कला तथा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले विजया दशमी २०७५ को अवसरमा यही आइतबार १४ अक्टोबर बेलुका ह्यारो फुटबल क्लबमा कार्यक्रम हुने आयोजकले बताएका छन्।
लन्डन कविता कन्सर्ट लगायतका विविध गतिविधि गर्दै आएको एनबिसी युकेले दशैंको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष मिलन घिमिरेले बताए।
बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपालका लोकप्रिय हास्य कलाकार शैलेन्द्र सिंखडाको विशेष प्रस्तुति हुनेछ। त्यस्तै स्थानीय कलाकारहरुले पनि रोचक नृत्य प्रस्तुत गर्नेछन् ।
सोही अवसरमा यो वर्ष जीसीएससी तथा ए लेभल पुरा गरेका भाइबहिनीहरुलाई कदरपत्र प्रदान गर्ने कार्यक्रमसहित रात्रीभोजको पनि व्यवस्था गरिएको छ।
“दशैंजस्तो महत्वपूर्ण चाडमा सपरिवार भेला भएर रमाइलो गर्न र हाम्रा नानीहरुलाई हाम्रो संस्कृतिका बारे सिकाउन पनि यो कार्यक्रम गरिएको हो,” घिमिरेले भने ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध