हिमालयन ब्याडमिन्टन क्लब लण्डनको पहिलो स्थापना दिवस

लण्डन । हिमालयन ब्याडमिन्टन क्लब लण्डनले गत ७ अक्टूबर आइतबार पहिलो वार्षिक भेला तथा प्रथम स्थापना दिवस मनाएको छ । पहिलो चरणमा खेल र दोस्रो चरणमा वार्षिक भेला तथा स्थापना दिवस मनाइएको हो । 

भेलामा क्लबको बर्षभरिको क्रियाकलाप प्रस्तुत गरिएको थियो । क्लबका अध्यक्ष गंगा थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलामा सचिव कुल राईले कार्यक्रम सन्चालन गर्दै क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।  

त्यसैगरी क्लबको आर्थिक प्रतिवेदन कोसाध्यक्ष अमर गुरुङले प्रस्तुत गरेका थिए भने क्लबको वार्षिक क्रियाकलाप सह-सचिव मिलन चन्द्र राईले प्रस्तुत गरे । 

क्लबको उक्त वार्षिक भेलाले थप ५ जनालाई कार्यसमितिमा चयन गरेको छ जसमा हिमाल चन्द उपाध्यक्ष र सदस्यहरुमा मणि पुन, चन्द्र लिम्बु राई, मोहनराज राना र नवराज गुरुङ छन् ।

भेलामा अध्यक्ष गंगा थापा मगरले क्लबलाई सफल नेतृत्व दिएको भन्दै सम्पूर्ण सदस्यहरुले उच्च मूल्याङ्कन सहित उपहार प्रदान गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री