महेन्द्रनगर
। महिनावारी हुँदा घरमा सुते देउवा रिसाउने भन्दै अझै पनि सुदूरपश्चिमको पहाडी जिल्लाका महिला गोठमै बास बस्ने परम्परा कायम नै छ ।
महिनावारी हुँदाको समयसम्म गोठमै बस्ने वर्षौंदेखिको रूढीवादी परम्पराले सुदूरपश्चिमका सात पहाडी जिल्लाका महिला अझै टाढा हुन सकिरहेका छैनन् । पहाडी जिल्ला बैतडी, डडेलधुरा, दार्चुला, बझाङ, बाजुरालगायतका विकट पहाडी गाविसमा यो प्रथाले निरन्तरता तोड्न सकिरहेको छैन ।
विभिन्न जनचेतनामूलक कार्यक्रमको पहाडी जिल्लाका सदरमुकाम र आसपासका क्षेत्रका महिलाले यो प्रथालाई इन्कार गरिसकेको भए पनि ग्रामीण भेगमा यसको प्रभाव अझै कायम छ । महिला सुत्केरी र महिनावारी भएको अवस्थामा गोठमै बस्छन् ।
त्यसैगरी डेडलधुराको जोगबुडा, शीर्ष, आलिताल, गाँखेतलगायतका गाविसका महिला पनि यो प्रथाबाट टाढिन सकेका छैनन् । यहाँका महिलालाई महिनावारी र सुत्केरी भएका बेला गाई, गोठ र छुट्टै कटेरो बनाएर राख्ने गरेका छन् ।
उक्त क्षेत्रमा विभिन्न सङ्घसंस्थाले कार्यक्रम थालनी गरेको भए पनि गाउँमा रहेका छाउपडी गोठ भने यथावत् छन् । छाउपडी गोठ र छुट्टै कटेरो बनाएर राख्दा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या आउने गरेका छन् । सुत्केरी र महिनावारी भएका महिलालाई खानेकुरामा समेत बन्देज लगाइने गरेका कारण जन्मिने शिशु र महिलामा विभिन्न सङ्क्रमण हुने गरेका छन् ।
महिनावारी भएकालाई ६ दिन र सुत्केरीलाई २२ दिनसम्म घरबाट अलग भुइँमा सुताएर राख्ने गरिन्छ । यो अवधिमा दूध, दही, माछा, मासु र हरियो तरकारी खान नहुने कुसंस्कारले मातृ, शिशु र बाल मृत्युदरमा वृद्धि भएको देखिन्छ । महिनावारी भएपछि घरमा बसे देवी–देवता रिसाउने भन्ने परम्परागत मान्यता रहेकाले आफूहरूले छाउपडी बस्नका लागि बनाइएको झुप्रोमै बस्न बाध्य भएको जोगवुडा–६ कुयापानीकी मनसरा कामी बताउँछिन् । डडेलधुराका ग्रामीण क्षेत्रमा घरबाट करिब एकदेखि दुई किलोमिटरसम्मको टाढामा खरले छाएका छाउपडी झुप्रा बनाउँछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा